स्याङ्जा १९ जेठ । सामाजिक विकास कार्यालय स्याङुजाको आयोजना सहित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको ब्यवस्थापनमा महिला बालबालिका बिरुद्ध हुने अपराध नियन्त्रण तथा आत्महत्या रोकथाम न्यूनिकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफु र परिवारप्रतिको जिम्मेवारीलाई सहजतापूर्वक पूरा गर्न सुझाव दिनुभयो । उहाले छोराछोरी सहित आमा बुवाको रेखदेख सहित उनीहरुका गतिबिधिमा निगरानी एवं सुझाव दिनुपर्ने बताउनुभयो । बिद्यार्थीले सहजरुपमा मनका भावना ब्यक्त गर्न सक्ने खालका एक फोकल शिक्षक छनौट गरी बिद्यालयले परामर्श दिने वातावरण बनाउन प्रजिअ नेपालले सुझाव दिनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम शर्माले हिंसा र अपराध जन्य घटना भएमा वा हुन सक्ने संभावना देखिएमा नजिकको प्रहरी कार्यालयमा खबरगरी सुरक्षित रहन सुझाव दिनुभयो ।
कार्यक्रममा त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सहभागी शिक्षक शिवप्रसाद ढकाल, सहभागी अभिभावक गीता राना लगायतल प्रशिक्षण प्रभावकारी भएको बताउनुभयो । त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयमा सम्पन्न कार्यक्रममा अभिभावक सहित शिक्षकहरुको सहभागिता थियो ।
सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नायब सुब्बा द्रोणप्रसाद पनेरुले गर्नुभएको थियो ।