स्याङजा १३ भदौ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिको अध्यक्ष इन्द्रेणी अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा भवानी अधिकारी, प्रथम उपाध्यक्ष देवु लम्साल, द्धितिय उपाध्यक्ष लक्ष्मी प्रधान, तृतीय उपाध्यक्ष इन्द्र थापा, महासचिव उषा गहतराज, सचिव बसन्ती आले, कोषाध्यक्ष मिना केसी र सहकोषाध्यक्षमा पम्फा ढकाल चयन हुनु भएको हो ।
यसैगरी, सदस्यहरुमा लोकमाया श्रेष्ठ, मिना गोदार, सम्झना श्रेष्ठ, दिलमाया गुरुङ, मनिषा गुरुङ, देवु लम्साल, लक्ष्मी गुरुङ, संगीता अर्याल, सुषमा श्रेष्ठ रहनु भएको छ । यस्तै, मिलन कार्की, राधिका थापा, गीता खत्री, हिरा शाही, शुशिला श्रेष्ठ, बिष्णुमाया अधिकारी, रुपा सुनाम, निशा सिंह, एलिसा सेन, अप्सरा ठकुरी, सुमन गुरुङ, गंगा गुरुङ निर्वाचित हुनु भएको हो ।
नवनिर्वाचित समितिको घोषणा गर्दै संघका अध्यक्ष महादेव श्रेष्ठले वाणिज्य संघको दाहिने हातमा रुपमा रहेका महिला विभागलाई अझ संगठित, सक्षम बनाई उद्यमका लागि आवश्यक तालिम एवं प्रशिक्षण उपलब्ध गराउने बताउनुभयो ।
पदाधिकारी सहितको समितिलाई संघका अध्यक्ष महादेव श्रेष्ठले खादा र महिला उद्यमी विकास समितिका सल्लाहकार मखमली श्रेष्ठले अविर लगाउदै वधाई मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले संघ लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थासंग हातेमालो गर्दै महिला दिदीबहीनीलाई सीप तथा प्रशिक्षण दिएर आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण संघका महासचिव रविन केसीले गर्नुभएको थियो ।