स्याङ्जा ३० असोज । महालक्ष्मी बचत तथा ऋण सहकारीको लिमिटेडको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पुतलीबजार नगरपालिका २ देवीस्थानमा रहेको सहकारीको उदघाटन गर्दे वडाअध्यक्ष भीमबहादुर गुरुङ्ले सहकार्य र एकताले मात्र सहकारी राम्ररी संचालन हुने बताउनुभयो । सहकारीका ७ सिद्धान्त अवलम्बन गर्दै अघि बढेमा सबै सहकारीको नतिजामा गुणस्तरीयता कायम हुनेमा जोड दिनुभयो । आफनै वडामा रहेको सहकारीले समाजका सानातिना समस्या हल गरेको जनाउदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष विश्वनाथ पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य यादवराज शर्मा, राष्ट्रिय सहकारी बैंकका निमित्त प्रमुख फणिनारायण कोइराला (दिपक), नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पुतलीबजार नगर सहकारी शाखा प्रमुख बिष्णुप्रसाद ढकाल, वडा सदस्य सम्झना कुँवर लगायतले एक दुई संख्यामा रहेका सहकारीले गरेका नकारात्मक कार्यका कारण धेरै सहकारीलाई बदनामी गरेको जनाउदै यस्ता हल्लाका पछि नलाग्न समेत सुझाव दिनुभयो ।
सोही कार्यक्रममा संस्थापक एवं निवर्तमान अध्यक्ष विश्वनाथ पौडेललाई सम्मान गरिएको थियो । यसैगरी, नियमित बचतकर्ता तुलसी कुवर, कर्जा असुलीकर्ता सन्तोष श्रेष्ठ, जेष्ठ सदस्य भिम गुरुङ् लगायतलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष तीलकराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेयर सदस्य पमनारायण शर्माले स्वागत एवं सचिव राजेन्द्रप्रसाद पराजुलीले संचालन गर्नुभएको थियो ।