Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महामानव वीपीको जन्म जयन्ती स्याङ्जामा बिबिध कार्यक्रमगरी मनाइयो
    समाचार

    महामानव वीपीको जन्म जयन्ती स्याङ्जामा बिबिध कार्यक्रमगरी मनाइयो

    नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव वीपी कोईरालाको १११ औं जन्म जयन्ती सोमबार स्याङ्जामा बिबिध कार्यक्रमगरी मनाईएको छ ।
    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव वीपी कोईरालाको १११ औं जन्म जयन्ती सोमबार स्याङ्जामा बिबिध कार्यक्रमगरी मनाईएको छ ।

    नेपाली कांग्रेसको स्याङ्जा जिल्ला कार्य समिति र यहाँका ११ वटै स्थानीय पालिकामा बिबिध सामाजिक कार्य गर्दे विपी जयन्ती मनाइएको हो ।

    नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा फेदिखोला गाउँपालिका १ स्थित अमोर सेवा नेपाल (बालगृह) मा आश्रित बालबालिकालाई लक्षित गर्दै बिभिन्न प्रकारका खाद्यान्न उपलब्ध गराएर विपी जयन्ती मनाएको छ ।

    स्वतन्त्रता सेनानी तारापती सुवेदी, गण्डकी प्रदेश निवर्तमान सांसद भागवतप्रकाश मल्ल, प्रवक्ता भरतप्रसाद लम्साल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यवाहक सभापति केदार काफलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोदर तिवारीले गर्नुभएको थियो ।

    पुतलीबजार नगर समितिको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित विपी चोकमा रहेको विपीको शालिक र पार्टी कार्यालयमा रहेको विपीको तस्विरमा माल्र्यापर्ण सहित विपी बिचार सहितका शुभकामना आदान प्रदान गरिएको छ ।

    कार्यक्रममा गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, कार्यवाहक सभापति केदार काफले, निवर्तमान सांसद भागवतपकाश मल्ल, सहसचिव धुवबन्धु पौडेल, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    यसैगरी, वालिङ नगर समितिको आयोजनामा वालिङ ८ बिपी चोकमा रहेको बिपीको शालिकमा माल्यार्पण गरी मनाईएको छ । कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले विचारका दृष्टिले बिपी अहिले पनि जीवित रहेको बताउँदै उहाँले प्रतिपादन गरेको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

    वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्षेत्र नं. १ (१) का सभापति केशरबहादुर खाँणले गर्नुभएको थियो ।

    यसैबीच भीरकोट नगरपालिकामा आयोजित कार्यक्रममा विपन्न माझि परिवालाई खाद्यान्न सहयोग गरिएको छ । भीरकोट ६ चिउरेनी स्थित प्रेम माझिको परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । चामल, दाल, नुन, तेल, चिनि, चियापत्ति सिरक र विस्तारा लगायतका सामाग्री प्रदान गरिएको छ ।

    माझि गाउँका प्रेम माझिको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र माइलो छोरा राजेन्द्र माझिको मृत्यु भएको छ । माझिको परिवारलाई वासका लागी घर निमार्ण गरिदिने प्रतिबद्धता समेत गरिएको छ ।

    नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, निवर्तमान नगरप्रमुख छायाराम खनाल, तोयानाथ कोइराला लगायतले शुभकामना सहित आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । नगरसभापति लक्ष्मण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरसचिव ताराप्रसाद अर्यालले सञ्चालन गर्नुभएको थियो ।

    यसैगरी, चापाकोट नगरपालिका स्थित राधा दामोदर बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई फलफूल सहित सम्मान गरिएको नगर सभापति बिक्रम सारु मगरले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.