स्याङ्जा ८ मंसिर । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले स्याङ्जामा आफ्नो मन्त्रायलको कामको प्रगति खोज्नु भएको छ ।
मन्त्रायलबाट बिनियोजन भएको बजेटको प्रगति कस्तो छ र योजनाहरु कसरी अगाडि बढेका छन् हेर्न प्रत्यक्ष मन्त्री जुग्जाली फिल्डमा पुग्नु भएको हो । मन्त्री जुग्जालीले दुई जिल्ला जोड्ने नागडाडाँ कार्कीनेटा पर्वत (२०किमी), पालिका केन्द्र जोड्ने राङखोला धोबादी बिरुवा (१० किमी) र हेलुचौपारी घण्टे पर्वत जोड्ने (६.२ किमी) बहुबर्षिय रणनैतिक सडक हेर्न मन्त्री आफै पुग्नु भएको हो ।
मन्त्री जुग्जाली, मन्त्रालयका सचिब शंकरराज पण्डित, प्राबिधिक, जनप्रतिनिधी सहितको टोली योजन हेर्न पुगेको हो । योजनाको निरिक्षण सगै पुर्वाधार बिकास कार्यालय स्याङ्जामा कर्मचारीलाई निर्देशन दिदै मन्त्री जुग्लालीले कामको स्तरमा ध्यान दिन निर्देशन दिनुभयो । कुनै पनि ठाउँबाट काममा गुणस्तर काम भएको गुनासो आउन नहुने बताउदै मन्त्री जुग्लालीले सानो कमजोरीले योजनामा ठुलो प्रभाब पर्ने बताउनुभयो ।
साना योजनाहरुलाई चाँडो काममा अगाडी बढाउनु पर्ने बताउदै मन्त्री जुग्जालीले कम्तीमा ७० प्रतिशत प्रगति हुनुपर्ने बताउनुभयो । काम सम्पन्न भएपछि रकमको अभाब नहुने गरी प्रदेश सरकार अगाडी बढेको बताउदै मन्त्री जुग्जालीले बहुबर्षिय योजनालाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ । छिटो र राम्रो काम हुनुपर्ने बताउदै जुग्जालीले काम नगर्नेलाई ठेक्का तोडेर भएपनि काम सक्नु पर्ने बताउनुभयो । यस्तै सचिब पण्डितले पुर्वाधार कार्यालयमा कर्मचारीको अभाब रहेको बताउदै अध्यादेश ल्याएर समस्या सामाधान गर्ने तयारी भएको बताउनुभयो । करारका कर्मचारीलाई ज्यालादारीमा ल्याएर काम गराउने मन्त्रायलयको कुनै चाँसो नभएको सचिब पण्डितको भनाई थियो ।
पुर्वाधार बिकास कार्यालयका निमित्त प्रमुख सुमन गिरीले पछिल्लो चार महिनामा १० प्रतिशतको प्रगति भएको बताउनुभयो । ३६ योजना ठेक्का प्रक्रियामा अगाडी बढाउको बताउदै गिरीले पाचँ मोटरेबल फुल, चार झोलुङगे पुल, १० वटा पुराना सहित १६ वटा बहुबषिय योजना सहित १९९ योजना जिल्लामा रहेका छन् ।