Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मन्त्रिपरिषद विस्तार बदर, २० मन्त्री पदमुक्त
    समाचार

    मन्त्रिपरिषद विस्तार बदर, २० मन्त्री पदमुक्त

    Syangja SandeshBy Syangja SandeshJune 23, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको हो । यससँगै दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका छन् ।

    को-को भए पदमुक्त ?

    सर्वोच्चको अन्तरिम आदेशसँगै दुई उपप्रधानसहित १७ मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् ।

    • उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री रघुवीर महासेठ
    • उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतो
    • गृह मन्त्री खगराज अधिकारी
    • उर्जा मन्त्री शरतसिंह भण्डारी
    • खानेपानी मन्त्री अनिलकुमार झा
    • स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ
    • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव
    • भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण
    • सञ्चार तथा सूचना मन्त्री नैनकला थापा
    • कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह
    • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद श्रीवास्तव
    • संघीय, पर्यटन तथा पर्यटन उड्डयन मन्त्री उमाशंकर अरगरिया
    • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी
    • युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ
    • वन तथा वातावरण मन्त्री नारदमुनि राना
    • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडी
    • प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने मन्त्री मोहन बानियाँ
    • उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी
    • महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रेणुका गुरुङ
    • वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विक

    सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै २० मन्त्री तीन हप्ता नपुग्दै पदमुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २१ र २७ जेठमा गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरको छ ।

    २७ जेठमा नियुक्त भएका ७ मन्त्री र एक राज्यमन्त्रीले ब्रिफिङ समेत लिन भ्याइसकेका थिएनन् । गृहमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री राजकिशोर यादव, सञ्चारमन्त्री नैनकला थापा, कृषिमन्त्री ज्वालाकुमारी साह, वनमन्त्री नारदमुनि राना, संघीय मामिला तथा सामाज्य प्रशासनमन्त्री गणेश पहाडी, प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्री मोहन बानियाँ र वनराज्यमन्त्री आशाकुमारी विक १२ दिनमा नै पदमुक्त भएका छन् ।

    प्रधानमन्त्री कामचलाउ

    जेठ ७ गते संसद विघटन गरेका प्रधानमन्त्री ओलीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए भने उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

    २७ जेठमा पनि उनले सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई २५ सदस्यीय बनाउनुभएको थियो ।

    प्रधानन्यायाधीश जबरा समेतको संयुक्त इजलासले भने  ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटनसँगै संविधानको धारा ७७(१) अनुसार ओलीको प्रधानमन्त्री पद रिक्त भएको र उपधारा ३ बमोजिम सरकार कामचलाउ भएको बताएको छ ।

    कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद विस्तार गर्ने अधिकार नहुने सर्वोच्चको आदेशमा उल्लेख छ । ‘…तत्काल कायम रहेका प्रधानमन्त्रीले सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद विस्तार गर्ने, थप गर्न सक्ने भनी संविधानको कुनै पनि धारामा उल्लेख नभएको र धारा ७७ (३) ले साविककै मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने भनी किटान गरिरहेको अवस्थामा prime facie रुपमै मन्त्रिपरिषदको विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको देखिंदैन’ आदेशमा भनिएको छ ।

    प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिबाट जेठ २१ र २७ गते भएको उपप्रधान, मन्त्री तथा राज्यमन्त्रीहरुको नियुक्ति संविधानको मूल मर्म र भावना विपरीत भएको ठहर गर्दै इजलासले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म विघटनअघि कायम रहेका चार मन्त्री बाहेकहरुलाई काम नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.