स्याङ्जा ८ पुस । स्याङ्जाका शौन्दर्यकर्मीको समूह समाजसेवामा पनि क्रियाशिल देखिएको छ। कात्तिके तिहारमा भैलो खेल्दा संकलित रकमबाट जेष्ठ र विपन्न बर्गलाई खाद्यान्न सहित कपडा उपलब्ध गराइएको हो।
देउसी भैलो खेलेर मनोरंजन गर्ने प्रचलन रहेका बेला शौन्दर्यकर्मीले भने सामाजिक कार्यमा लगानी गर्नु सहहनीय पक्ष हो।
ब्यूटिपार्लर एसोसिएसन स्याङ्जामा आवद्ध उनीहरुले देउसीभैलो खेलेर संकलन गरेको रकमले बृद्धाआश्रम र अतिविपन्नलाई खाद्यान्न तथा न्यानो कडा प्रदान गरेका हुन्।
गएको तिहारमा वालिङ्मा रहेका २८ जना शोैन्दर्यकर्मी मिलेर भैलो खेलेर १ लाख ४० हजार रुपैंया संकलन गरेका थिए। जाडोको समयमा खाद्यान्न र न्यानो कपडा पाउदा उनीहरु पनि खुशी देखिन्थे।
उनीहरुले चापाकोट नगरपालिका ६ केलादीघाट स्थित राधा दामोदर मन्दिरमा ३२ जना जेष्ठ नागरिकलाई एक लाख रुपैंया र चापाकोट ४ का अतिविपन्न परिवारलाई ४० हजार बराबरको खाद्यान्न उपलब्ध गराएको ब्यूटिपार्लर एशोसियशन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालले जानकारी दिनुभयो ।
दान र सहयोगबाट बृद्धाश्रममा संचालन गर्दे आएकोमा सहयोगीदाताका सहयोगले आश्रमका जेष्ठनागरिकको जीवनयापनमा सहज बनेकोे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटी ले भन्नुभयो ।
जेष्ठनागरिक सहित बृद्धाश्रमको संरक्षण र पालनपोषणका लागि नगरपालिका र वडा कार्यालयबाट सहयोग हुदै आएको वडा अध्यक्ष तारादेवी पोख्रेलले भन्नुभयो ।
गतबर्ष पनि शोन्दर्यकर्मीको सहयोगमा रामनदीधाम राम्दीमा बस्दै आएका बृद्धबृद्धालाई सहयोग गरेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।