Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 4
    Trending
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भेषजराज साहित्य सम्मानबाट गङ्गा र ज्ञानेश्वर रेग्मी सम्मानित
    कला

    भेषजराज साहित्य सम्मानबाट गङ्गा र ज्ञानेश्वर रेग्मी सम्मानित

    Syangja SandeshBy Syangja SandeshDecember 17, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ पुस । भेषजराज साहित्य प्रतिष्ठानद्वारा भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट कृतिकार गङ्गा कर्माचार्य पौडेल र ज्ञानेश्वर रेग्मी सम्मानित भएका छन्।
    वालिङमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं वालिङ प्रज्ञा प्रतिष्ठानका कुलपति देवीप्रसाद वनवासीले भेषजराज शर्माले नेपालीभाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको बताउनुभयो ।
    शर्माका कुनै सन्तान नहुँदा पनि भेषजराज साहित्य प्रतिष्ठानले उहाँका नाममा पुरस्कार स्थापना गरी प्रत्येक वर्ष प्रदान गर्ने गरेकाले प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिनुभयो ।
    कार्यक्रममा आनन्दमणि टुल्की नन्दकला प्रतिष्ठानका अध्यक्ष, पूर्व मन्त्री एवम् लघुकथा समाज स्याङ्जाका अध्यक्ष त्रिलोचन ढकालले स्वर्गीय शर्माको साहित्यकि, शैक्षिक तथा राजनितिक क्षेत्रको योगदानका बारेमा चर्चा गर्दै उहाँका सम्पूर्ण पद्य रचनाहरुको सङ्ग्रह भेषजराज रचनावली – १ पद्य सङ्ग्रह प्रकाशित गरेकामा खुसी व्यक्त गर्नुभयो ।
    कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.अच्युतशरण अर्यालले प्रतिष्ठानले मासिक रूपमा नियमित रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकाले यसले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वालिङ वडा नं. –८ का वडाअध्यक्ष कमल सुवेदीले सम्मानित एवम् पुरस्कृत व्यक्तित्व गङ्गाकर्माचार्य पौडेल र ज्ञानेश्वर रेग्मीलाई हार्दिक बधाई व्यक्त गर्नुभयो ।
    यसै प्रतिष्ठानका संस्थापक उपाध्यक्ष, सल्लाहकार एवम् प्रतिभा छनोट समितिका संयोजक प्रेमराज लुइँटेलले पुरस्कृत व्यक्तित्व गङ्गा कर्माचार्य पौडेलको जीवनी र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा बुद्धिजीवी परिषद् स्याङ्जाका अध्यक्ष गोपाल पौडेल, टापुभञ्ज्याङ मा.वि.का प्रधानाध्यापक हेमराज अर्याल लगायतले बोल्नुभएको थियो ।

    यसैगरी लीलाधर खगिसरा स्मृति सेवा सम्मान अक्षयकोषका अध्यक्ष टीकाराम पराजुलीले अक्षयकोषको स्थापनाको कारण र महत्व प्रस्तुत गर्दै भेषजराज साहित्य प्रतिष्ठानलाई नगद रु. ५००५ नगद राशीको लीलाधर खगिसरा स्मृति सेवा सम्मानप्रदान गर्नुभएको थियो ।

    यसै कार्यक्रममा भेषजराज रचनावली – १ पद्य सङ्ग्रह, भेषजराज शर्माका कविता र गण्डकी प्रदेशका नेवारको इतिहास गरी तीन वटा कृतिहरूको लोकार्पण गरिएको थियो ।

    स्व. भेषज राज शर्माका हाल सम्म प्राप्त फुटकर कविता, संस्कृत भाषामा लेखिएका कविताहरू, दुईवटा खण्ड काव्यहरू आँधीखोलाको बगर र धनियाँ खण्डकाव्य समेत समावेश गरिएको भेषजराज रचनावली–१ पद्य सङ्ग्रहको समीक्षा गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्तराज अर्यालले गर्नुभएको थियो ।

    सोही कार्यक्रममा गङ्गा कर्माचार्य पौडेलले लेख्नुभएको गण्डकी प्रदेशका नेवारको इतिहास नामक कृतिको लोकार्पण गरिएको थियो भने कृतिको समीक्षा वालिङ बहुमुखी क्याम्पसकी उपप्राध्यापक इन्दु श्रेष्ठले गर्नुभएको थियो ।

    यसै कार्यक्रममा श्रवण कुमार प्रतिष्ठान नेपालका अध्यक्ष सीताराम अधिकारी, वैकल्पिक बाटो पृथकपाइला, साहित्यिक अभियान–२०७६ का अभियन्ता मिलन समीर, भेषजराज साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष शम्भु अर्याल, सदस्य लेखनाथ काफ्ले, पाइनियज बोर्डिङ स्कुलका नेपाली विषय प्रमुख बोधराज न्यौपाने, वालिङ बहुमुखी क्याम्पसकी उपप्राध्यापक विष्णु सुवेदी गैरे, भेषजराज साहित्य प्रतिष्ठानका आजीवन सदस्यहरू वसन्त खनाल र कमल बगाले, पूर्व शिक्षक ताराप्रसाद पंगेनी, वसन्ती अधिकारी, प्रशान्तबगाले, सम्भव ढुङ्गानालगायतदर्जनभन्दा बढी स्रष्टाहरूले कविता, गजल, गीत र लघुकथा सुनाएकाथिए । कार्यक्रममा वरिष्ठ चराविद्, चित्रकार हेम पौडेलको पनिउपस्थिति रहेको थियो ।

    भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियोभ ने नारायणप्रसाद रेग्मीले स्वागतमन्तव्य राख्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    सडक बालकको संघर्ष र जुत्ताको जीवनकथाका आधारित लघुचलचित्र ‘पाउलो’

    January 5, 2024

    डा.मेघराजद्धारा लिखित ‘सम्झनाका स्वरहरु’ बिमोचन

    July 29, 2023

    पृथक पाइला नामक कृति लोर्कापण

    April 8, 2023

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा राजन कार्की निर्वाचित

    February 1, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.