स्याङ्जा १८ कात्तिक । शुक्रवार राती गएको भूकम्पका कारण अर्जुनचौपारी गाउँपालिका १ माटेथरमा सुख्खा पहिरो गएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पको धक्काबाट स्याङजाको अर्जुनचौपारीमा पहिरो खस्दा बाटो अबरुद्ध छ ।
हेलु — अर्जुनचौपारी सडकको माटेथरमा भुकम्पको कम्पनले पहिरो खसेको हो। फेरि पनि खस्ने डरले बाटो सुचारु गर्न नसकेको गाउँपालिकाले जनाएको छ । आइतवार पहिरो पन्छाएर बाटो खुलाउने भएको छ ।
गएराती स्याङ्जामा पनि भूकम्पले जमिन हल्लाएको थियो। भुकम्पले भने स्याङ्जामा अन्य क्षतिका खबर प्रहरी, प्रशासन सम्म नआएको बताइएको छ ।