Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोट बन्यो स्याङ्जाको सर्वोत्कृष्ट पालिका
    भीरकोट नगरपालिका

    भीरकोट बन्यो स्याङ्जाको सर्वोत्कृष्ट पालिका

    Syangja SandeshBy Syangja SandeshFebruary 24, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ फागुन । कार्यसम्पादन मूल्याङ्कनमा भीरकोट नगरपालिका उत्कृष्ट पालिका बनेको छ। स्याङ्जाका अरु १० पालिकालाई जित्दै भीरकोट दोश्रो पटक उत्कृष्ट पालिका बन्न सफल भएको हो ।

    प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारा सार्वजनिक प्रतिवेदनमा स्याङ्जाका ११ पालिकामध्ये भीरकोट उत्कृष्ट भएको हो । अघिल्लो बर्ष २०७८ सालमा पनि पनि भीरकोट जिल्लाकै उत्कृष्ट भएको थियो ।

    आयोगले पालिकाको खर्च, बेरुजु, लेखा परीक्षण, स्थानीय सञ्चित कोष ब्यवस्थापन प्रणालीको प्रयोग, आवधिक योजना, राजस्वको विभाजन लगायतका बिभिन्न १६ वटा सूचकलाई कार्यसम्पादन मूल्यांकनका आधार मानिएका छन् ।

    तोकिएको समयसिमा अर्थात असार १० भित्र बजेट ल्याए–नल्याएको, असार ३० भित्र बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये तोकिएका प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए–नदिएको भन्ने पनि थप मूल्यांकनका थप आधार हुन ।

    यसैगरी, बिद्यार्थी भर्ना दर र टिकाउ, गर्भ परिक्षण, सुत्केरी अवस्था, पूर्ण खोप पनि मूल्यांकन अन्र्तगत पर्दछन्। आयोगका अनुसार यहाँका एघार स्थानीय तहमध्ये भीरकोट नगरपालिका पहिलो भएको छ भने हरिनास गाउँपालिका अन्तिम भएको छ ।
    का.स.मू.मा भीरकोट नगरपालिकाको ४६ दशमलव २५ प्रतिशत अंक छ।

    दोश्रो स्थानमा, कालीगण्डकी गाउँपालिकाकोे ४३ दशमलव ०२ प्रतिशत, तेस्रोमा, वालिङ् नगरपालिकाको ४१ दशमलब ४९ प्रतिशत, चौथोमा, गल्याङ् नगरपालिकाको ४१ दशमलब ३७ प्रतिशत र पाँचौमा, फेदिखोला गाउँपालिका ४२ दशमलब ३२ प्रतिशत छ ।

    यसैगरी, छैटौंमा अर्जुनचौपारी गाउँपालिकाको ३९ दशमलब ३३ प्रतिशत, सातौंमा, विरुवा गाउँपालिकाको ३७ दशमलब ४० प्रतिशत, आठौंमा, पुतलीबजार नगरपालिका ३५ दशमलब ४७ प्रतिशत, नवौंमा, आधीखोला गाउँपालिका ३३ दशमलब ९६ प्रतिशत, दशौंमा चापाकोट नगरपालिका २८ दशमलब ३२ प्रतिशत र एघारौं स्थानमा हरिनास गाउँपालिकाको २२ दशमलब ७३ प्रतिशत अंक रहेको छ ।

    मूल्यांकनलाई आधार मान्दै आउदो आर्थिक बर्ष २०८१÷८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानमा समेत भीरकोटले थप पाउने भएको छ ।

    यही मूल्यांनका आधारमा आयोगले आगामी बर्षकालागि स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदान रकम वितरणका लागि सरकारलाई सिफारिस गर्ने नगरपालिकाले जनाएको छ ।

    आफनो पालिका सर्वोत्कृट बनेसंगै थप जिम्मेवारी महसुस भएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्याले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.