Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोट नगरपालिकाले ७८ करोड २६ लाख बढीको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक
    भीरकोट नगरपालिका

    भीरकोट नगरपालिकाले ७८ करोड २६ लाख बढीको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

    भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि १४ औं नगर सभाले ७८ करोड २६ लाख २० हजारको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
    Syangja SandeshBy Syangja SandeshJune 22, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असार । भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि १४ औं नगर सभाले ७८ करोड २६ लाख २० हजारको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

    नगर उपप्रमुख भगवती अर्यालले आर्थिक वर्ष २०८१÷०८२ का लागी चालू तर्फ ५९ करोड ८९ लाख ७० हजार अर्थात ७६.५३ प्रतिशत रहेकोमा शसर्त अनुदानमा ४० करोड ९० लाख ७९ हजार रुपैँया अर्थात ५२.२७ प्रतिशत र नगरपालिकाको चालू खर्च १५ करोड ३८ लाख ९१ हजार रुपैँया अर्थात १९.६६ प्रतिशत रहेको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

    त्यस्तै पुँजिगततर्फ १८ करोड ३६ लाख ५० हजार रुपैँया अर्थात २३.४६ प्रतिशत र सामाजिक सुरक्षातर्फ १८ करोड रुपैँया अर्थात २३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागी अनुमान गरिएको कुल विनियोजित रकम मध्ये चालू आर्थिक वर्षको मौज्दातबाट १ करोड २० लाख, आन्तरिक राजस्वबाट ४ करोड १७ लाख ७० हजार १७० रुपैँया, संघिय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १० करोड ४७ लाख १५ हजार ८७० रुपैँया, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ४३ करोड ५१ हजार ३४ हजार रुपैँया र आन्तरिक स्रोतबाट ९० लाख रुपैँया हुने अनुमान उपप्रमुख अर्यालद्धारा सार्वजानिक गरिएको बजेटमा उल्लेख गरिएको छ ।

    नगरसभामा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले निति तथा कार्यक्रम प्रस्तुत गर्दै भीरकोटमा चालू वर्षको जेष्ठ मसान्तसम्म २ किलोमिटर १९५ मिटर कच्ची सडकलाई कालोपत्र गरेको १५ किलोमिटर कच्ची सडकलाई पिसिसि ढलान गरेको र ६ किलोमिटर ७०० मिटर नयाँ सडकको ट्याक खोलिएको बताउनुभयो । प्लाष्टिक मुक्त भीरकोट घोषणाका लागी कपडाको झोला प्रत्येक घरधुरीलाई २ थान झोला वितरण गरिने, प्रविधिमैत्रि सामुदायिक विद्यालयका लागी सिसि क्यामेरा जडान र इहाजिरी सम्बन्धी मेसिन खरिदका लागी इबिडिङ गरिएको र सम्बन्धीत आपुर्तिकर्तासंग सम्झौता गरिएको निति तथा कार्यक्रममा उल्लेख छ ।

    त्यस्तै आँधीखोला किनारमा रहेका २८ सय ९० रोपनी कृषि योग्य जमिनको संरक्षणका लागी विभिन्न निकायको समन्वयमा ८४८ मिटर क्षेत्रमा तटबन्धन गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षमा वडाहरुको भवन निर्माण गर्ने, ग्रामिण सडकलाई बाह्रै महिना संचालन गर्न मर्मतसंभार तथा सडक सरसफाई गर्ने, सिसौघारीमा रहेको खेलमैदानको विस्तार गरी खुल्ला व्यायमशालाको निर्माण गर्ने, खानेपानीको सहज पहुँच पु¥याउने, भीरकोट पार्कमा रहेको तालको मध्य मागमा मन्दिर निर्माण गर्ने, कृषिमा अनुदान, पशुपालनमा अनुदान सुत्केरी भैँसीलाई भत्ता दिईने निति तथा कार्यक्रममा समेटिएको छ ।

    बाँसलगायतका कुकाठ कटान गर्न नगरबासीको निवेदन र वडा कार्यालयको सिफारिसमा रुख कटानका लागी ५० प्रतिशत अनुदानमा आरा मेसिन प्रदान गरिने, सिँचाईमा अनुदान दिईने, आँधीखोला नियन्त्रणका लागी तटबन्धन निर्माण गर्ने, पर्यटनको विकास, सामुदायिक विद्यालयका लेखा कर्मचारी बाल विकास सकजकर्तालाई सरकारबाट उपलब्ध हुादै आएको सुविधामा नगरपालिकाले ५० प्रतिशत थप गर्ने निति लिएको छ । छात्रवृत्ति, सेनेटरी प्याड, नगरको आन्तरिक स्रोतबाट कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीलाई खाजा उपलब्ध गराउने, खुसी पाठयक्रमलागू गर्न थप अध्ययन गर्ने, वातावरण तथा विपद व्यवस्थापन, सामाजिक विकास, महिलासंग उपमेयर कार्यक्रम, सुभशासन तथा संस्थागत विकासलगायत निति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

    यसैबीच भीरकोटमा चालू आर्थिक वर्षको अहिलेसम्म विनियोजन गरिएको ५७ करोड ३३ लाख ३६ हजार मध्ये ४७ करोड २८ लाख ११ हजार ५१५ सामाजिक सुरक्षा सहित गरेर ८२ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फको विनियोजित २० करोड ६७ लाख मध्ये १३ करोड ६८ लाख ३७ हजार ४४० रकम खर्च गरेको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.