स्याङ्जा २४ पुस । भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा अस्पतालनमा सोलार जडानगरिएको हो ।
अस्पतालमा १० केविए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पताल व्यवस्थापक छायादत्त रेग्मीले जानकारी दिनुभयो । सोलार जडान पश्चात अस्पतालको सेवाप्रवाह प्रभावकारी भएको रेग्मीले बताउनु भयो ।
अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगर प्रमुख छायाराम खनालले बिद्युत आपुर्तीमा समस्या नभएपछि सेवाग्राहीलाई निक्कै सजिलो हुने बताउनु भयो । उहाँले भन्नुभयो,‘अस्पतालमानिकटभविश्यमा नै शुरु हुनलागको डाईलाईसिस सेवाकालागि सोलार बिद्युतलेमहत्वपूर्ण सहयोग पुर्याउने छ ।’
जिल्लाको मुख्य भागमा रहेको अस्पतालमा सबै प्रकारका सेवा उपलव्धहुने गरी तयारी भईरहेको नगर प्रमुख खनालको भनाई छ ।
अस्पताल संवेदनशिल ठाँउ रहेको र सेवा निरन्तर सूचारु रहोस् भनेर युएनडिपीले सहकार्य गरेको युएनडिपीका गण्डकी लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताउनुभयो ।
बैकल्पिक उर्जाको प्रयोगले कार्वन उत्सर्जनमा समेत नियन्त्रण आउने र वातावरण संरक्षण हुने अर्यालको भनाई छ । अस्पतालमा जडान गरिएकोे सोलार सिस्टमको अनुगमन तथा निरिक्षणगर्दै अर्यालले सेवाको गुणस्तर बृद्धि र निरन्तरतामा सोलारले सहयोग गर्ने बिश्वास व्यक्तगर्नुु भयो ।
बिद्युतको कारण प्रभावितहुने सेवा प्रभावकारी रुपमा सञ्चाल नहुने भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले बताउनु भयो ।
सूर्याेदय उर्जा प्रालीले अस्पतालमा सोलार जडानको जिम्मा पाएको हो । कोभिड १९ बाट संक्रमित भएकाहरुलाई राख्ने जिल्ला कै पहिलो आईसोलेसन समेत सोही अस्पतालमा नै बनाईएको छ । तत्कालिन अवस्थामा कालिका सामुदायिक अस्पतालको नामले परिचित रहेको उक्त अस्पतालको अहिले सम्पूर्ण जिम्मेवारी भीरकोट नगरपालिकाले लिएको छ ।
अस्पतालमा एक सय शय्या रहेको भएपनि ५० शय्याको भने स्वीकृति लिईसकेको छ । अस्पतालमा दैनिक ४० देखि ५० जनाआउने गरेकाछन् । हाल अस्पतालमा डाक्टर सहित २३ जनाकर्मचारी कार्यरत रहेका छन् । झण्डै जिल्लाको मध्ये भाग र राजमार्गबाट नजिक रहेकाले सो अस्पताललाई ट्रमा सेन्टरका रुपमा बिकास गरिने योजना रहेको नगर प्रमुख खनालले बताउनु भयो ।