Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटमा संचालित स्वास्थ्य शिविरबाट ७ सय ८५ जना लाभान्वित
    भीरकोट नगरपालिका

    भीरकोटमा संचालित स्वास्थ्य शिविरबाट ७ सय ८५ जना लाभान्वित

    Syangja SandeshBy Syangja SandeshApril 15, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ बैशाख । भीरकोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । भीरकोट नगरपालिकाको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा भीरकोट नगर अस्पतालमा शुक्रबार एकदिने निल्शुल्क स्वास्थ्य शिविर गरिएको हो ।

    शिविरको शुभारम्भ गर्दै गण्डकी प्रदेशका पूर्व शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नगरपालिकाले नगरबासीप्रति देखाएको स्वास्थ्यको चासो प्रशंसनीय भएको जनाउदै समय समयमा यस्ता कार्य गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको मध्य भागमा स्थापित अस्पतालको गुणस्तरीयता बृद्धिका लागि संघ र प्रदेश सरकारले लगानी गर्न आवश्यक रहेको बताउदै पूर्वमन्त्री समेत रहेका श्रेष्ठले आफुले पनि यसका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । अस्पतालका बिशेषज्ञ सहितको थप चिकित्सक ल्याउने प्रयास भैरहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा नगर प्रमुख गोविन्द कर्माचार्यले स्थानीय स्तरमा उपलव्ध सेवा सुविधाको उपयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो । मनमोहन मेमारियन हस्पिटलसँग वार्षिकरुपमा यसैगरी शिविर सञ्चालन गर्ने सम्झौता गरेको नगर प्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।

    यसैगरी डाक्टर मनोहर सिं शैयदले महिलाका लागि पाठेघरको मुखको जाँच, बालरोग, हाडजोर्नी, भिडियो एक्सरे लगायतका सेवा उपलब्ध गराउनु जानकारी दिनुभयो । शिविरबाट सिफारिस गरिएको विरामीलाई काठमाडौमा पनि निः शुल्क उपचार हुने उहाँले जानकारी दिनुभयो । उक्त सेवा जेठको अन्तिम हप्तामा दिइने उहाँले उल्लेख गर्नुभयो ।

    शिविरमा सिनियर सर्जन डा. मज श्रेष्ठ, स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा.मनोर दिन सैयद, जनरल फिजिसियन तथा रेडियोलोजीष्ट डा. इश्वर सिम्खडा,.नाक कान घाँटी रोग विषेशज्ञ डा. नवराज बराल, हाडजोर्नी विषेशज्ञ डा. उजोन शाक्य, फिजिसियन डा. प्रशन्न बोहरा, बालरोग विषेशज्ञ डा. धनुमाया गुरुङ, नर्सिङ विभागका सुनिला श्रेष्ठ, सुजिता गिरी, फर्मासिष्ट रन्जित गिरी र व्यवस्थापक संजिव कंडेल लगायतको समूहले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।

    शिविरबाट ७ सय ८५ जना लाभान्वित भएका छन् । शिविरमा १ सय ३५ ले स्त्रीरोग सम्बन्धी उपचार सेवा, २ सय जनाले भिडियो एक्सरे सेवा, १ सय जनाले नाक, कान , घाँटी सम्बन्धि उपचार सेवा,१ सय जनाले हाडजोर्नी सम्बन्धी उपचार सेवा,५० जनाले सर्जरी सेवा, १ सय ५० जनाले सामान्य स्वास्थ्य उपचार सेवा र ५० जनाले बालरोगको उपचार सेवा पाएका छन् ।

    स्त्रीरोग सम्बन्धी उपचार सेवा लिएका १ सय २० जनाको पाठेघरको क्यान्सर जाँच गरिएको थियो। शिविरमा ५ जनाको सामान्य अपरेसन गरिएको थियो भने थप ५ जनाको मनमोहन मेमोरियल अस्पतालमा निशुल्क अपरेसन सेवा प्रदान गरिने डा.सैयदले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.