Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटको शिशौघारी बन्योे नमूना पार्क
    अर्थ

    भीरकोटको शिशौघारी बन्योे नमूना पार्क

    Syangja SandeshBy Syangja SandeshMarch 30, 2023Updated:March 30, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ चैत । भीरकोट नगरपालिका १ स्थित शिशौघारीमा निर्मित नमूना पार्क हिजोआज सबैको आर्कषणको केन्द्र बनेको छ। बालक, युवा, प्रौढदेखि बृद्धसम्म सबैको मनै लोभ्याउनेगरी पार्क निर्माण भएको छ ।


    फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माणसंगै नमूना पार्क बनाइएको हो। पार्कमा जान सबै बर्गका लागि सहज छ। फोहोरमैला ब्यवस्थापनमा समेत नमूना बनेको छ पालिका । तत्कालिन भीरकोट नगरप्रमुख छायाँराम खनालले फोहोरमैला ब्यवस्थापनसंगै पार्क पनि निर्माणको कल्पना अघि बढाउनु भएको हो ।


    नगरको फोहोरमैला ब्यवस्थापन गर्दै गर्दा दुर्घन्ध बढेर रोग निम्त्याउछ भन्दै स्थानीयले बिरोध जनाएपछि तत्कालै नगरप्रमुख खनालले फोहोरमैलाको उचित ब्यवस्थापनसंगै (बालबाटिका) एवं भीरकोट पार्क बनाउनेगरी योजना अघि सारेर एकै पटक दुवै काम संगसंगै सुरु गरेको नगरप्रवक्ता दिपेन्द्र केसीले बताउनुभयो ।

    ‘भीरकोट बालमैत्री नगर हो । बालबाटिकाको कल्पनासंगै निर्माण गरिदै जादाँ आज जिल्लाकै रमणीय र नमूना पार्क बनेको छ । अवलोकन, बनभोज र रमाइलो भेटघाटका लागि यहाँ आउने मानिस धेरै हुन्छन । सार्वजनिक विदाका दिन मासिनका भिड थेगिसक्नु हुर्दैैन।’ उहाले भन्नुभयो, ‘फोहोरमैला ब्यवस्थापन बारे अध्ययन, अवलोकन र सिकाइका लागि पनि धेरै जिल्लाबाट यहाँ आउने गरेका छन ।

    स— साना बालबालिकदेखि बृद्धसम्मकालागि आउन सजिलो भएकाले धेरै मानिसहरु यहाँ आउने गरेका हुन्छन्। सार्वजनिक बिदाका दिन यहाँ मानिसहरुको भीड थेगिसक्नु हुदैन पालिकाका कर्मचारी चिरन्जीवी अधिकारी भन्नुहुन्छ । उहाले भन्नुभयो, ‘यहाँ बाहिरी जिल्लाबाट समेत आएर फोहोरमैला ब्यवस्थापन सम्बन्धी अध्ययन, अवलोकन गरेर फर्कर्ने गर्छन ।’


    फोहोरभैला ब्यवस्थापन केन्द्रका लागि १७ रोपनी, पार्क निर्माणका लागि १४ रोपनी र करिब ३० रोपनी ब्यक्तिका जग्गा लिएर ६१ रोपनी क्षेत्रफलमा नगरपालिकाले पार्क सहित फोहोरमैला ब्यवस्थापन गर्दे आएको छ । फोहोरमैलाका लागि छुट्टै भवन निर्माण गरिएको छ। जहाँ कुहिने, नकुहिने, शिशाजन्य बस्तु राखिएका हुन्छन ।


    कुहिने फोहोरबाट मल उत्पादनगरि पार्क बनाइएको हो। पार्कभित्र बिभिन्न किसिमका फलफूल, बृक्ष, दुवो लगाइएको छ । नकुहिने बस्तु बिक्री गरेर आम्दानी गरिएको छ । विस २०७६ सालमा निर्माण सुरु भएको हो। नगरपालिकाले २ करोडको लगानीमा पार्क निर्माण गरेको हो। पार्कको प्रवेशद्धार निर्माणका लागि भने गण्डकी प्रदेश सरकारको सहयोग रहेको प्रवक्ता क्षेत्रीको भनाई छ ।

    यहाँ फुलबारी, साना र हरियाली रुखहरु, क्यारी, दुबौका बगैंचा, बस्न र खेल्नका लागि कुर्चि, ट्रष्ट, पोखरी, रमणीय र सुन्दर बगैंचा छ । बनभोज पकाउनका लागि छुट्टै जग्गा छ। बगैंचा÷फुलबारीमा बसेर रमाइलो गर्न सकिन्छ। यहा घुम्न र बनभोज लगायत रमाइलोका जिल्लाका अन्य पालिकासंगै वाहिरी जिल्लाबाट समेत आउने गरेको नगरप्रमुख गोबिन्दकुमार कर्माचार्यले बताउनुभयो । जिल्लाकै नमूना पार्क बनाउने अभियानमा रहेको प्रमुख कर्माचार्यको भनाईछ ।


    जिल्लाको मध्यभागमा भीरकोट नगरपालिका रहेको छ । सिद्धार्थ राजगमार्गबाट करिब ५ सय मीटरभित्रै पार्क छ । पार्कभित्र सीसी क्यामराको सुबिधा छ। फोहोरमैला ब्यवस्थापन र पार्क सुरक्षाका लागि न्यूनतम प्रवेश शुल्क तोकिएको छ । ‘फोहोरमैला ब्यवस्थापन कार्य कठिन मानिन्छ। डम्पिङ् साइडमा बस्न त के हेर्न पनि निकै समस्या हुन्छ । दुर्घन्धले सताउछ। तर, त्यसको उचित ब्यवस्थापन गर्न सकियो भने आम्दानी सहित सुन्दर ब्यवस्थापन हुने रैछ नी’ महिला नेतृ इन्दिरा केसी भन्नुहुन्छ ।


    भीरकोट नगरपालिकाले एकातिरको भवनमा फोहोरमैला ब्यवस्थापन गरेको छ। कुहिने, नकुहिने, शिशाजन्य भन्दै छुट्टाउदै आएको छ । कुहिने फोहोरबाट मल उत्पादन गरिएको छ भने नकुहिने मैला बिक्री गरेर आम्दानी गरेको छ । फोहोरमैला यहाँ देखिदैन। अर्कोतर्फ, भीरकोेट नमूना पार्क बनेको छ ।


    फोहोरमैलाको उचित ब्यवस्थापन गर्न सके दुर्गन्ध होईन सुगन्ध सहित आयआर्जन बढाउनुका साथै मन रमाउन सकिन्छ भनेर भीरकोट नगरपार्कबाट सिक्न सकिने स्थानीयहरु बताउछन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.