स्याङ्जा ३० बैशाख । आचार संहिता विपरित रुपैंया बाड्दै गर्दा भीरकोट नगरपालिकाका उपप्रमुख, वडाअध्यक्ष पदका उम्मेदवार वहालवाला अध्यक्ष वडा नं. ४ छाङ्छाङ्दीबाट बिहीवार राती पक्राउ परेका छन्।
भीरकोट नगरपालिकामा नेकपा एमालेका उम्मेद्धार सरस्वती अधिकारी र वडाअध्यक्ष मेघनारायण दुंगाना र वहालवाला अध्यक्ष चन्द्रबहादुर बस्नेत पैसा बाड्दै गरेको अवस्थामा समातिएका कांग्रेसका नगरसभापति लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
उपप्रमुखका उम्मेदवार अधिकारी, अध्यक्ष उम्मेदवार मेघनारायण ढुंगाना तथा बहालावाला अध्यक्ष चन्द्रबहादुर बस्नेतलाई प्रहरीले पैसासँगै समातेको हो ।
रातको समयमो पैसामा बाड्दै मत खरिद गर्न आएको भन्दै सोही वडाबासीले प्रहरीमा खवर गरेको बताइएको छ।
उनीहरुका साथबाट ७३ हजार नगद र बिभिन्न बैंकका ७ वटा चेक बुक समेत बरामत भएको प्रहरीले जनाएको छ। कति रकम र चेक बाढियो भन्ने नखुलेको र सो बारेमा अनुसन्धानजारी रहेको प्रहरीको भनाई छ।
शुक्रवार स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भैसकेको छ। भीरकोट नगरपालिका नेपाली कांग्रेसको बलियो पडक क्षेत्र हो। पकड क्षेत्रलाई प्रभावित बनाउन नेकपा एमालेले मत खरिदका लागि पैसाको चलखेल गर्दे आएको कांग्रेस सभापति अधिकारीको भनाई छ।
Wednesday, December 3
Trending
- ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
- त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
- गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
- भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
- वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
- मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
