काठमाण्डौं २३ माघ । इंग्ल्यान्डलाई पराजित गर्दै भारतले वेस्टइन्डिजमा सम्पन्न यू–१९ विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
१ सय ९० रनको विजयी लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो ।
भारतले यो सहित पाँचौं पटक यू–१९ विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले सन् २००० मा मोहम्मद कैफ, २००८ मा विराट कोहली, २०१२ मा उनमुक्त चन्द र २०१८ पृथ्वी शा को कप्तानीमा यू–१९ विश्वकप उपाधि जितेको थियो । यस्तै, भारत २००६, २०१६ र २०२० मा उपविजेता बनेको थियो ।