स्याङ्जा १५ साउन । गल्याङमा प्रथम प्रिमियर लिग (जिपिएल) प्रतियोगिता हुने भएको छ । क्रिकेट खेलाडीको क्षमता र दक्षता अभिबृद्धि गर्ने र गल्याङ्लाई देशभर चिनाउने उदेश्यले प्रतियोगिता गरिने भएको हो।
गल्याङ क्रिकेट संघको आयोजनामा भदौ १ देखि ‘पहिलो संस्करणको जीपीएल’ प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
प्रतियोगिताका लागि अहिलेसम्म ८ टिमले सहभागिता जनाएको खेल संयोजक एवं गल्याङ् क्रिकेट संघका उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनसभयो । लीग चरणका २८ वटा र नकआउटका ४ गरी ३२ खेल खेलाईने उहाले भन्नुभयो ।
संघले बर्षात्को समय भएकाले खेल प्रभावीत नहोस भन्ने उदेश्यले ३ वटा खेल मैदान छनोट गरेको छ । गगल्याङ नगरपालिका १ मालुुङगा खेल मैदान ,गल्याङ नगरपालिका ११ दिमिक क्रिकेट मैदान र रम्भा गाउपालीका १ असेर्दी खेलमैदानलाई चयन गरिएका हुन ।
प्रतियोगितामा विजेताले एक लाख नगद र उपविजेताले ५० हजार नगद सहितको अन्य पुरस्कार दिईने संघका अध्यक्ष ठगेन्द्र थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार, ‘प्रतियोगितामा १० लाख खर्च हुने र क्रिकेट पारखी दर्शकका लागि निशुल्क प्रवेशको सुबिधा छ।’ आउँदा बर्षहरुमा पनि निरन्तरता दिईने उहाको भनाई छ ।
विस २०७८ मा स्थापित गल्याङ क्रिकेट संघले क्रिकेट खेल सम्बन्धी बिभिन्न खालका प्रशिक्षण दिदै आएको सविच अमृत खनालले जानकारी दिनुभयो । पछिल्लो समय स्याङ्जामा राम्रा क्रिकेट खेलाडी उत्पादन भैसकेका छन ।
सम्मेलनमा पत्रकारले उठाएका जिज्ञासाको पनि आयोजकले जवाफ दिएका थिए ।