स्याङ्जा १२ जेठ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ब्यक्तित्व विकास तथा उदघोषण कला सम्बन्धि ५ दिने तालिम हिजो सम्पन्न गरेको छ ।
मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको आर्थिक सहयोगमा यही ८ गतेदेखि तालिम सुरु गरिएको हो । तालिमको समापन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले ब्यक्ति र ब्यक्तित्व विकाससंगै नेतृत्वको विकास हुने जनाउदै यस्ता तालिमले सकारात्मक प्रभाव पार्ने उहाले बताउनुभयो ।
नगरपालिकाले बाल, युवा, महिला, जेष्ठ नागरिकका लागि बिभिन्न खालका रोजगार एवं क्षमता अभिवृद्धि गर्ने खालका सीपमूलक तालिम सहितका योजना बनाएको जनाउदै यसबाट लाभ लिन समेत आग्रह गर्नुभयो । उहाले तालिममा सिकेको सीपले प्रशिक्षार्थीहरूलाई जीवनभरीनै उर्जा थपिरहने बताउनुभयो।
कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङजा एवं टेलिभिजनका ब्यवस्थापक रमेश गोदार, च्याम्बर अफ कर्मशमा उपाध्यक्ष डोलराज रेग्मी, प्रशिक्षार्थी अनुप ढकाल र समिक्षा लम्साल लगायतले तालिमको उपयोगीताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षताा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, महिला उपाध्यक्ष सुनिता पौडेलले धन्यवाद एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो । तालिममा ४० जनाको सहभागिता थियो । तालिममा प्रशिक्षकहरु दिपेन्द्र श्रेष्ठ, बिमला भण्डारी र सरिता तिम्सिनाले प्रशिक्षण दिनुभएको थियो ।
तालिमका लागि अध्यक्ष रबिन्द्रमान श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ,महिला उपाध्यक्ष सुनिता पौडेल,महासचिव रामचन्द्र नेपाल,सदस्य द्वय रबिन के.सी. र प्रकाश डोटेल सहितको उपसमिति गठन गरिएको थियो ।