Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बैंकको ब्याज घट्छ, निराश बन्नु पर्ने छैंन — डा. खतिवडा
    वालिङ् नगरपालिका

    बैंकको ब्याज घट्छ, निराश बन्नु पर्ने छैंन — डा. खतिवडा

    Syangja SandeshBy Syangja SandeshJanuary 13, 2023Updated:January 13, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ पुस । वालिङका व्यापारी तथा व्यवसायीहरुले चर्को ब्याजदरका कारण व्यापार तथा व्यवसायीक क्षेत्रबाट विस्तापित हुनुपर्ने अवस्थाको सृजना भएको गुनासो गरेका छन् ।

    वर्तमान समयमा नेपालको अर्थतन्त्र बैंक तथा वित्तिय संस्थाहरु र उद्योगी व्यवसायी बीच समस्या समाधान विषयक विहिबार वालिङमा आयोजित अन्र्तक्रियामा यहाँका व्यापारी तथा व्यवसायी निकै आक्रोसित बनेका थिए ।

    स्याङ्जा स्थित विभिन्न उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कर्मसहरुको संयुक्त आयोजनामा आयोजित अन्र्तक्रियामा सहभागि व्यापारीहरुले बैंक तथा वित्तिय संस्थाको चर्कोै व्याजदरका कारण व्यापार व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै व्याजदर घटाउनु पर्ने दबाब दिएका हुन् । जिल्ला स्थित स्याङ्जा उद्योग वाणिज्य संघ, वालिङ उद्योग वाणिज्य संघ, भीरकोट, गल्याङ, चापाकोट उद्योग वाणिज्य संघ तथा जिल्ला स्थित चेम्बर अफ कर्मसहरुले विगत १ महिनादेखि व्याजदर घटाउन दबाबमुलक कार्यक्रम गरिरहेका छन् ।

    पुर्व अर्थमन्त्री तथा पुर्व गभर्ननर युवराज खटिवडाको प्रमुख आथित्यतामा शुक्रबार वालिङ स्थित सिटिहलमा आयोजित अन्र्तक्रियामा सहभागि व्यापारीहरुले दोब्बर व्याजदर बढ्दा तथा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय समेत उचित रुपमा चलायमान नहुँदा आत्मदाहा नै गर्नुपर्ने अवस्थामा आईपुगेको भन्दै यसप्रति राज्य गम्भीर हुनुपर्ने चेतावनी दिएका छन् ।

    कार्यक्रममा पुर्व अर्थमन्त्री खतिवडाले व्यापारी तथा व्यवसायीहरुको आक्रोस स्वभाविक रहेको भन्दै धेरै निरास नहुँन आग्रह गर्नुभएको थियो । अर्थविद समेत रहनुभएका खतिवडाले बैंक तथा बित्तिय संस्थाको व्याजदर घट्ने आश्वासन दिँदै यहाँका जिज्ञासाहरुलाई सम्बन्धीत निकायमा राख्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘धेरै निरास नहुनुँस, व्याजदर घट्छ । जग्गाको बर्गिकरण छिटो गर्न र कित्ताकाट शुरु गरी कारोबार चलायमान बनाउन सरकारलाई म आग्रह गर्नेछु ।’ नागरिकहरुले निर्वाचित गर्नुभएका जनप्रतिनिधिहरु भर्खरै सरकारमा गएको नयाँ सरकार गठन भएको र सरकारले भर्खरै विश्वासको मत लिएर अगाडि बढेकाले नागरिकका आम समस्यालाई समाधान गर्न साझा कार्ययोजना लिएर आगाडि बढेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा व्यापारी तथा व्यवसायीहरु चेतनारायण श्रेष्ठ, विद्या श्रेष्ठ, प्रकाश अर्याल, लिलबहादुर रणपाल, भरत बगाले, सागर कुँवर, खिमानन्द पराजुली, दुर्गा न्यौपाने, गंगाप्रसाद श्रेष्ठ, धु्रव सुवेदी, धु्रव खनाललगायतले आ–आफ्ना तथा समग्र समसामयिक विषयमा पुर्व अर्थमन्त्री खतिवडालाई जिज्ञाशा राख्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जिल्लाको समग्र व्यवसायीक अवस्था तथा समस्याहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश पोखराका निर्देशक रामशरण खरेल, उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य दिपक लम्साललगायतले अहिलेको आर्थिक गतिविधिलाई चयामान बनाउन यो कार्यक्रम फलदायी हुने धारणा राख्नुभयो । कार्यक्रममा स्वागत स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र संचालन वालिङ उद्योग वाणिज्य संघका महासचिव धु्रव खांणले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.