Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 19
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बुटवल पावर कम्पनिले विद्युत महसुल बढाएकोमा चरणबद्ध आन्दोलन सुरु
    समाचार

    बुटवल पावर कम्पनिले विद्युत महसुल बढाएकोमा चरणबद्ध आन्दोलन सुरु

    बुटवल पावर कम्पनिको सिफारिसमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाएकोमा आन्दोलन सुरु भएको हो ।
    Syangja SandeshBy Syangja SandeshMay 16, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    केपी खनाल

    स्याङ्जा ३ जेठ । बुटवल पावर कम्पनि आँधिखोला वितरण केन्द्रबाट वितरित विद्युत महसुलमा भारी बृद्धि भएपछि आन्दोलन सुरु भएको छ । बुटवल पावर कम्पनिको सिफारिसमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाएकोमा आन्दोलन सुरु भएको हो ।
    यसअघिको मुल्यमा झण्डै ५० प्रतिशत बढाइएपछि चौतर्फी आलोचना भएको छ ।

    गल्याङ चेम्बर अफ कमर्सले तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गर्दै बुटवल पावर कम्पनि गल्याङ शाखामा ज्ञापनपत्र बुझाएको छ । बुटवल पावर कम्पनि प्रशासन शाखाकी दिलु थापालाई चेम्बरका प्रतिनिधिहरु पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

    गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष पूर्णबहादुर रानाभाट अर्जुनको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डले ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा अध्यक्ष रानाभाटले बढेको शुल्क तिर्न उपभोक्ताले नसक्ने भन्दै कुनै पनि हालतमा बढाइएको शुल्क फिर्ता गर्नुपर्ने बताउनुभयो । ज्ञापनपत्र बाचन गर्दै गल्याङ चेम्बर अफ कमर्सका महासचिब हिमलाल भण्डारीले बढाइएको शुल्क फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

    जवाफमा बुटवल पावर कम्पनि गल्याङ शाखाकी दिलु थापाले चेम्बर अफ कमर्सले राखेको माग सम्बन्धित निकायमा पु¥याउने बताउनुभयो ।

    यस्तै गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा पनि ज्ञापनपत्र बुझाउँदै चेम्बरले शुल्क फिर्ता गर्ने अभियानमा साथ दिन आग्रह गरेको छ । जवाफमा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले चेम्बरले उठाएको जायज माग सम्बोधनका लागि विद्युत नियमन आयोगमा जानकारी सहितको पत्र पठाइने बताउनुभयो ।

    यसअिघ गल्याङ चेम्बर अफ कमर्सको विहीबार बसेको बैठकले मुल्य बृद्वि फिर्ता नगर्दासम्म चरणबद्व आन्दोलन गर्ने निर्णय पनि गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार जेठ ४ गते शुक्रबार देखि बुटवल पावर कम्पनिको गल्याङ शाखा कार्यालयमा दिउसो एक बजे देखि निरन्तर धर्ना दिइने गल्याङ चेम्बरले जानकारी दिएको छ ।

    गल्याङ चेम्बर अफ कमर्सले आफुहरुको न्यायपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारी तथा आम उपभोक्ताहरुलाई अपिल पनि गरेको छ । यसअघि बुधबार वालिङका सात राजनीतिक दलले पनि संयुक्त ज्ञापनपत्र बुझाउँदै बढाइएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।

    यसैवीच, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्युत नियमन आयोगले बढाएको शुल्क आफुहरुलाई मान्य नहुने बताउनुभएको छ । उहाँले बुटवल पावर कम्पनिबाट अपारदर्शी ढंगले आयोगमा सिफारिस गरेको बताउनुभयो ।उहाँले गुणस्तरमा कुनै सुधार नगर्ने तर महशुल बढाउने कुरा मान्न नसकिने बताउनुभयो । बुटवल पावर कम्पनिको तर्फबाट काठमाडौं र प्रभावित नभएको क्षेत्रमा गएर लुकिछिपी जस्तो सार्बजनिक सुनुवाई गरिएको भन्दै सरोकारवालासँग ठोस समन्वय नभएको अध्यक्ष भण्डारीको भनाई छ ।
    बुटवल पावर कम्पनिले बढाएको शुल्कमा यसअघि न्यूनतम २० युनिट भएकोमा अब ३० युनिट कायम गरिएको छ भने एम्पियर अनुसार करिब ५० प्रतिशत शुल्क बढाइएको छ । बढेको शुल्क जेठ महिनाको मिटर रिडिङ देखि नै सुरु हुने बुटवल पावर कम्पनि गल्याङ शाखा प्रमुख डोल खरेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.