पोखरा २२ साउन । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।
गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले सो निर्देशन दिनुभएको हो ।
जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिनुभयो । उहाले आयुर्वेद औषाधालयलाई पनि संगसंगै विकास गरेर काम गर्ने योजना सुनाउनुभयो । प्रदेशका बिरामीलाई प्रदेश भित्र नै उपचार गर्ने वातावरण बनाउने योजना मन्त्री सिंखडाको थियो ।
स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागी कुनैपनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निशुल्क दिने योजना दिने र सरोकारवाला सबैसंग सहकार्य गर्दै स्वास्थ्य कार्यक्रम अघि बढाईने उहाले भन्नुभयो ।
यसैगरी, गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तिव्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिनुभयो । जनताको स्वास्थ्य उपचारको लागी कम खर्च हुने योजन अघि बढाउनु अनुरोध गर्नुभयोे । स्वास्थ्को क्षेत्रमा कुनैपनि योजना हाल्ने बेलामा योजना माथी अनुसंधान हुनुपर्ने उहाले बताउनुभयो ।
संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक बिकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनिय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको जानकारी दिनुभयो ।
पचास शैयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको उहाको भनाई छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षेयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलय आपुर्ति व्यवस्थापन केन्द्र लगायतका संस्थाले समिक्षामा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाउनुभएको थियो ।