Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिपिसी महशुल बृद्धि बिरुद्ध स्थानीय सरकारको एक्यवद्धता
    समाचार

    बिपिसी महशुल बृद्धि बिरुद्ध स्थानीय सरकारको एक्यवद्धता

    बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महशुल बृद्धि गरेपछि आन्दोलनमा उत्रेका उपभोक्ताहरुलाई स्थानीय सरकारले पनि एक्यवद्धता जनाएका छन् ।
    Syangja SandeshBy Syangja SandeshJune 11, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ जेठ । बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महशुल बृद्धि गरेपछि आन्दोलनमा उत्रेका उपभोक्ताहरुलाई स्थानीय सरकारले पनि एक्यवद्धता जनाएका छन् । एकमहिना देखी आन्दोलनमा उत्रेका उपभोक्ताहरुलाई जिल्लाका सबै राजनीतिकदले साथ दिदै आएका थिए ।

    तर स्थानीय सरकारहरु मौन रहेका थिए । चरणबद्ध आन्दोलन भएपछि स्थानीय सरकारहरुले पनि उक्त आन्दोलनमा साथ र सहयोग रहेको भन्दै एक्यवद्धता रहेको जनाएका छन् । वालिङ नगरपालिकाको अगुवाईमा ६ पालिकाका प्रमुख उपप्रमुख सहित राजनीतिकदल, पत्रकारहरु, उपभोक्ताहरुको संयुक्त भेलामा नागरिकलाई मर्का पर्नेगरी अस्वभाविक विद्युत महशुल बृद्धि भएको भन्दै हाम्रो पनि साथ सहयोग रहने बताएका थिए ।

    उक्त भेलामा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, पाल्पाको रामपुर नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो भने अन्य पालिकाका राजनीतिकदल, उपभोक्ताहरुको सहभागिता थियो । सहभागीहरुले विद्युत महशुल वृद्धि मान्य नहुँने भन्दै चरणबद्ध आन्दोलनमा हाम्रो ऐक्यवद्धता हुने जनाएका हुन् ।

    अन्तरक्रियामा चापाकोट नगरप्रमुख देवबहादुर खांण (इश्वर) ले कमजोर गुणस्तरको विद्युत वितरण गर्दै आएको बीपीसीले अस्वभाविक रुपमा महशुल वृद्धि गरेको भन्दै यो निर्णय मान्य नहुँने र प्रभावित तहका स्थानीय सरकार, उपभोक्ता, राजनीतिकदल एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । विजुलीको गुणस्तर कम हुँदा पालिकाका काम समेत प्रभावित भईरहेको भन्दै यो मुल्य वृद्धि स्वीकार्य नहुँने नगर प्रमुख खाँणको भनाई थियो । प्रभावित पालिकाका स्थानीय सरकारसंग चापाकोट नगरपालिका पनि ऐक्यवद्धता जनाएर आन्दोलनमा उत्रने नगरप्रमुख खांणले भन्नुभयो ।

    गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले विद्युत शुल्क बृद्धि घटाउनका लागी गरिने हरेक आन्दोलनमा सहमत रहेको भन्दै बीपीसीको गल्याङ कार्यालयमा हरेक दिन धर्ना कार्यक्रम भईरहेको जानकारी दिनुभयो । प्रभावित पालिकाका जनप्रतिनिधिसंगै राजनितिक दल, उपभोक्ता, नागरिक समाज बुद्धिजिवि सबै एक भएर महशुल घटाएरै छाड्ने नगरप्रमुख भट्टराईले बताउनुभयो । उपभोक्ताको हित विपरीत बीपीसीलाई विद्युत नियमन आयोगले महशुल बृद्धि गर्न अनुमति दिनु घोर आपत्ती रहेको भट्टराईले बताउनुभयो ।

    पाल्पाको रामपुर नगरप्रमुख रमणबहादुर थापाले नागरिकको दैनिकी जिवनलाई कष्टकर बनाउने गरी बीपीसीले गरेको मुल्य वृद्धि कुनैपनि हातलमा मान्य नहुँने बताउनुभयो । यसमा रामपु नगरपालिका प्रक्रियागत रुपमा अगाडि बढ्ने बताउनुभयो । नेपाली कांगे्रसका वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डेले जेष्ठ १ गतेबाट लागु हुनेगरी बीपीसीले गरेको मुल्य वृद्धिको विरुद्धमा जेष्ठ २ गतेबाट नै ध्यानार्कषण गराउदै मिटर रिडिङ नगर्न, भुक्तानी नलिन आग्रह गरिएको, नियमन आयोगमा निवेदन दिईएको, प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाईएको जानकारी दिनुभयो ।

    प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आश्वासन दिईएपनि अहिलेसम्म कुनै थप जानकारी नआएको भन्दै झण्डै ४० हजार घरपरिवारले उपभोग गर्दै आएको विद्युत महशुल एकाएक ४५ देखी ६५ प्रतिशत सम्म वृद्धि गर्नु मान्य नभएको र यो आन्दोलनलाई टुङगोमा पु¥याएर छाडिने सभापति पाण्डेले बताउनुभयो ।

    भेलामा नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेलले कम गुणस्तरको विजुली विक्रि गर्दै आएको बीपीसीले आफूले स्थापनाकालमा गरेका सम्झौता सम्झनुपर्ने भन्दै कम्पनी अहिले नाफामुखी मात्रै भएको बताउनुभयो । नाफासंगै सामाजिक उत्तरदायित्व समेत हेर्नुपर्ने कम्पनीले आफुलाई घाटा भयो भन्दैमा महशुल वृद्धि गरी नागरिकलाई कष्टकर बनाउने कार्य मान्य नहुने बताउनुभयो ।


    विद्युत नियमन आयोगका प्रमुखले अघिल्लो दिन यो प्रस्तावलाई स्वीकृति दिनु र भोलीपल्ट रिटार्यड हुनु अस्वाभाविक भएको भन्दै यसमा आर्थिक चलखेल हुन सक्ने अनुमान भेलाले लगाएको छ । भेलामा राप्रपा, रास्वपा, जनमोर्चा, समाजवादी लगायतका दलका प्रतिनिधिहरुले महशुल वृद्धिको आन्दोलनमा एक्यवद्धता जनाएका छन्।


    वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा भेला सम्पन्न भएको थियो भने स्वागत लेखा शाखाप्रमुख ज्ञानप्रसाद अर्याल र संचालन प्रशासन शाखा प्रमुख नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो ।


    बीपीसीले आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादित विद्युत स्याङ्जाका भीरकोट, वालिङ, गल्याङ, चापाकोट र पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिकामा वितरण गर्दै आएको छ । बीपीसीले वितरण गर्दै आएको पालिकाका विद्युत उपभोक्ताहरु २५ दिनदेखी चरणवद्ध आन्दोलनमा उत्रदै आएका छन् । यो आन्दोलनका बिषयमा अहिले सम्म बीपीसीले कुनै प्रतिक्रिया दिएको छैन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.