स्याङ्जा १२ असार । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बिद्यालयमा अध्ययरत छात्रछात्रा सहित शिक्षकलाई कागतीका विरुवा बितरण गर्नुभएको छ ।
पुतलीबजार नगरपालिका १३ स्थित कालिका माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाले विद्यार्थी र शिक्षकलाई कागतीका विरुवा प्रदान गर्नु भएको हो ।
कितावी ज्ञानसंगै ब्यवहारिक ज्ञान सिकाउने उदेश्यले कोइरालाले एक हजार वटा सुनकागती जातका बिरुवा निशुल्क उपलब्ध गराएको जानकारी दिनुभयो । उहाले कक्षा ६ देखि १२ कक्षामा अध्ययरत सम्पूर्ण विद्यार्थी र शिक्षकलाई कृषिप्रति आकर्षण बढाउनु यो बिधि अपनाइएको बताउनुभयो ।
जिल्लाका युवा किसानका रुपमा परिचित उनी सुन्तला उत्पादक किसान पनि हुन्। सुन्तलाबाट जिल्लामा धेरै रकम आम्दानी गर्नेमा उहाको नाम पनि पछे ।
सोही बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा कोइरालाको यो दोश्रो कार्यकाल हो । ब्यवहारिक ज्ञान सिकाउन र कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले यस्ता क्रियाकलाप सुरु गरिएको उहाले जनाउनुभयो ।
स्याङ्जामा अमिलो जातका फलफूलको उत्पादन अत्यन्त राम्रो हुन्छ । यहाँ सुन्तला सहित कागतीले पनि राम्रो उत्पादन दिने गरेको कोइरालाको भनाई छ ।