स्याङ्जा ११ चैत । अर्जुनचौपारीका ५२ बर्षिय हर्कबहादुर थापाको आइतवार बिहान करेन्ट लागेर ज्यान गएको छ ।
अर्जुनचौपारी गाउँपालिका ६ भेडाबारी स्थित झाक्रिस्थानमा लत्रिएको बिजुलीको तारमाथि घोप्टो परेको अवस्थामा थापा मृत भेटिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटना आइतवार (आज) बिहान १० बजे तिर भएको बताइएको छ ।