स्याङ्जा २८ भदौ । बाल दिवसका अवसर पारेर स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता गरिएकोे छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ पुतलीबजार नगरपालिका १ स्थित त्रिुभवन आदर्श नमूना माध्यमिक बिद्यालयमा प्रतियोगिता गरिएको हो ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला बाल संजाल र जिल्ला बाल अधिकार समिति स्याङ्जाको सहआयोजनामा बालबालिकाको समूहबीच जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा कालीगण्डकी गाउपालिकाको जनता मावि प्रथम भएको छ । आधीखोलाको जनहित मावि दोश्रो र त्रिसहिद माविले तेस्रो स्थान पाएका छन् ।
विजयी हुने समूहलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । प्रतियोगितमा प्रथम, द्धित्तिय र तृतीय हुनेले छ हजार, ५ हजार र ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्लाभरका १२ विबद्यालयका बाल समूह प्रतिस्पर्धामा थिए ।
प्रतियोगिताको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले लोकप्रिय वाजाको सम्बद्र्धन र संरक्षण गर्दै पुस्तान्तरणका लागि यस्ता कार्यक्रम अन्त्यन्तै उपयोगी हुने बताउनुभयो । आउदा दिनमा पनि यस्ता ऐतिहासिक कला र सम्पतीको संरक्षण गर्ने खालका अन्य गतिबिधि समेत संचालन गर्न उहाले सुझाव दिनुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेल , त्रिभुवन आर्दश माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
जिल्ला बाल संजालका अध्यक्ष सुजाता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोपााध्यक्ष आरती बस्यालले स्वागत एवं सहसचिव दृष्ट्रि शर्मा र सदस्य यूनिक तिवारीले संचालन गर्नुभएको थियो ।
समाजमा हुने विवाह, व्रतबन्ध, चाडपर्व, पुजाआजामा समेत पञ्चेबाजाको प्रयोग गर्ने गरिन्छ । यस्ता कार्यक्रमबाट बालबालिकाको सीप विकास हुनुका साथै आयआर्जनमा पनि सहयोग पुग्ने प्रमुख पौडेलको भनाई छ ।
कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको समूह, बालक्लब, बिद्यालयबाट ७ जना मिलेर समूह बनी भाग लिन पाइने ब्यवस्था थियो ।