Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘बाघ ………मारेसंगै सकियो यसबर्षको गाईजात्रा’
    पुतलीबजार नगरपालिका

    ‘बाघ ………मारेसंगै सकियो यसबर्षको गाईजात्रा’

    स्याङजामा गएराती बाघ (प्रतिकात्मक) मारेसंगै यसबर्षको गाइजात्रा पर्व सकिएको छ। राजाको आज्ञापाएका शिकारीले बाघ मारेसंगै जनैपूर्णिमाको दिनदेखि सुरु भएको जात्रा सकिएको हो ।
    Syangja SandeshBy Syangja SandeshAugust 26, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० भदौ । स्याङजामा गएराती बाघ (प्रतिकात्मक) मारेसंगै यसबर्षको गाइजात्रा पर्व सकिएको छ। राजाको आज्ञापाएका शिकारीले बाघ मारेसंगै जनैपूर्णिमाको दिनदेखि सुरु भएको जात्रा सकिएको हो ।

    कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पुतलीबजारमा बसोवास गर्ने नेवार समुदायले गाइजात्रा पर्व अवधिभर दैनिक नृत्यु प्रर्दशन गरे। गाइजात्राको अन्तिम दिन आइतवार साँझ बाघलाई मारेपछि यसबर्षको गाईजात्रा पनि समापन गरिएको हो ।

    प्रगती नेवा झिगु छें प्रगतीनगर र नेवारी धर्मद्धार नाँच समिति स्याङ्जाले जनैपूर्णिमाका दिनदेखि छुट्टाछुट्टै समूहगत गाईजात्रा अन्र्तगतका लाखे नाँच, पुतली नाँच, रोपाई जात्रा, तायमचा, छोकडा, बाघजात्रा, जोगीजात्रा लगायत कुमारी नृत्य समेत प्रर्दशन गरेर स्थानीय कलासंस्कृतिका बारेमा अन्य समुदायलाई पनि जानकारी गराएका थिए ।

    बाघजात्रा सुरुहुनु पूर्व दिउसै जात्रा हेर्नका लागि आमन्त्रण गरिएको थियो। जंगलमा रहेको बााघ बजारमा पसेको र मानिसलाई समेत आक्रमण गर्न सक्ने जनाउदै स्थानीयबासीलाई सुरक्षित एवं सर्तक रहन माइक मार्फत सूचित गराइएको थियो ।

    मुख्य बजारबाट सुरु भएको जात्रा बिभिन्न टोलटोलमा पुग्छन । यी जात्राको अन्तिम दिन भन्दा अघिल्लो दिन बाघ मार्ने गरिन्छ। जसलाई जात्राभरिकै आकर्षणका रुपमा मानिन्छ । अन्य दिनमा भन्दा बाघ जात्राका दिन उल्लेख्य दर्शकको उपस्थिती देखिन्छ ।

    जात्राका अघिअघि तायमचा नाँच त्यसपछि मुख्य शिकारी, गाउँलेहरु, कुकुर, बाघ अनि राजारानी, सेनापती, सुरक्षागार्डको भेषभुषामा सजिएका मानिसहरु हुन्छन । बाघ, डाक्टर, नर्स, सिकारी, गार्ड, राजा र रानीको भूमिकामा अभिनय गरिएको हुन्छ ।

    गाउँमा बाघको आतंक हुन्छ। बाघले पहिलो पटक कुकुरलाई खान्छ । अर्को पटक मानिसलाई मार्छ। बाघ बस्तीमा पसेर पुनः आतंक मच्चाउन थालेपछि सबैले घेरामा पारेमा मार्छन अनि बाघ जात्रा सकिन्छ । बाघ मार्न पनि निकै मेहनत गर्नुपरेको देखाइएको हुन्छ ।
    बाघले बस्तीमा पसेर जनावर र मानिसलाई आक्रमण गरेपछि बाघ मारिदिन गरेको जनताको आग्रहलाई राजा नै उपस्थित भएर सबैजना मिलेर चारैतिरबाट घेरा हालेर बाघलाई मारिन्छ । बिगतदेखिको निरन्तरताका रुपमा रहेको यस्ता जात्राकथामा मात्र सिमित छ ।

    कला संस्कृति, रितीरिवाज लोप हुन दिनु हुँदैन, यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य सहित बाघजात्रा प्रदर्शन गरिएको नेवारी धर्मद्धारा नाच समितिका अध्यक्ष युगनारायण श्रेष्ठको भनाई छ ।

    पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गरेपछि भक्तपुरका नेवारहहरू बिभिन्न जिल्लामा प्रवेश गरेको इतिहास छ ।
    व्यापार गर्न अन्य जिल्लामा छिरेका नेवारहरूकै कारण यहाँ आजसम्म विभिन्न जात्राको परम्परा चलेको र पर्व तथा संस्कृतिको संरक्षणका निम्ति नेवार समुदाय जुटेको प्रगती नेवा झिगु छें का अध्यक्ष गणेश श्रेष्ठले बताए। जहाँ जहाँ नेवार समुदायको वाक्लो बस्ती छ। त्यहाँ त्यहाँ यस्ता पर्वले निरन्तरता पाएको भेटिन्छ ।

    पुतलीबजार नगरपालिका स्थित प्रगतीनगर र स्याङ्जा बजारलाई लक्षित गर्दै यी दुबै नेवार समुदायले जनैपूर्णमाका दिनदेखि दिनहुँ बिभिन्न नामका नृत्य, बाजागाजा सहित श्रूंगारिएर नाच प्रर्दशन गर्दै आ आफना संस्कृति संरक्षण गर्दै आएका छन् ।

    अन्य जात्राको तुलनामा बाघजात्रा खर्चिलो हुन्छ। बाघजात्रा हेर्नका लागि गाउँगाउँबाट समेत मानिसहरु बजार झर्ने गर्दछन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.