हेटौंडा १० कात्तिक। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गर्नुभएको छ ।
आज प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गर्नुभएको हो । उहाँले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गर्नुभएको थियो ।
मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेको बताउनुभयो ।
शाक्यले दिनुभएको राजीनामा आज नै स्वीकृत भएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोली दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गर्नुभएको हो ।