स्याङ्जा ७ बैशाख । बर्षा सुरु नहुदै अरौंदीखोलामा पुल बनाउन स्थानीयको माग छ। ठूला पुल निर्माण कार्य झन्झटिलो भएकोले तत्कालका लागि ट्रष्ट एवं वेलीब्रीज बनाएर स्थानीयलाई वारपारमा सहज बनाउन उहाहरुको आग्रह हो।
अरौंदीखोला अन्र्तगत पुतलीबजार नगरपालिका वडा न. १ र ३ जोड्ने नारायणस्थान स्थित अरौंदीखोलामा अहिले पनि पुल बन्ने संकेत नेदेखिएपछि स्थानीय एवं सोही बाटो उपयोगकर्ता चिन्तित बनेका छन्ब र्षाको समयमा खोला बढेर वारपार गर्न समस्या हुन्छ। हिउँदमा सामान्य देखिने खोला बर्षात्मा बढेर अजंगको बन्छ। बर्षेनी लाखौं मूल्य बराबरका कृषिभूमि सहित उपज बगाउने गर्दछ । स्थानीयबासी राजेन्द्र मरासीनी भन्न्नुहुन्छ्, ‘बर्षात्को भेल र बाढीलाई हिउँदमा बिर्सनाले यसबर्ष पनि हामीले जोखिम मोल्नै पर्ने भो।’
बिगत बर्षदेखि नै प्रदेश, स्थानीय पालिका र वडामा समेत यहाँका समस्या र आवश्यकताका बारेमा जानकारी गराउदै आएका छौं। तर, सुनुवाई भएन उहाले भन्नुभयो ।
पुतलीबजार नगरपालिका ३ स्थित बाडखोला बजार ब्यापारिक केन्द्र हो। बाडखोलादेखि जिल्ला सदरमुकाममा पुग्नका लागि यो बाटो निकै छोटो छ। वडा नं. १ र ३ बासीबीच यही खोलाले सिमाना लगाएको छ। यहाँ पुल नहुँदा छिमेकी घरमा पुग्न समेत झण्डै एक किलोमीटरको फन्को मारेर हिड्नुपर्ने अवस्था छ।
अधिकांश पैदलयात्री यही खोला तरेर आउने÷जाने गर्छन। पुतलीबजार नगरपालिका वडा न. १, ३, ४, १४ का बासिन्दाले यही बाटो उपयोग गर्दे आएका छन्। बिद्यार्थी, कार्यालयका कर्मचारी, कामदार, स्थानीयबासीगरी दैनिक ४ देखि ५ सय जनाले यही खोलाको बाटो उपयोग गर्दे आएका छन्।
सदरमुकाममा अवस्थित सरकारी कार्यालय, सरकारी एवं निजीका झण्डै आधा दर्जन बिद्यालय, क्याम्पसका बिद्यार्थीहरु छोटो र सजिलो बाटो भन्दै यहींबाट आवत÷जावत गर्छन्।
यहाँ पुल बनेमा पैदलयात्रुका लागि आधा भन्दा बढी बाटो छोटिन्छ। अहिले सामान्य देखिएको खोला बर्षाको समयमा निकै ठूलो हुन्छ। विस २०५५ सालको भदौमा अरौदीखोलाले वीरेन्द्रनगर बजार सहित ५५ जना मानिस र करोडौं मूल्य बराबरको धनजनमा क्षति पु¥याएको थियो।
पुतलीबजार नगरपालिकालाई आँधीखोला, अरौदीखोला, बाडखोलाले सिंचित गरेको छ।