स्याङ्जा ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार, रुद्र केसी, भिमप्रसाद पौडेल, मेघनाथ ढकाल, सुनिता ढकाल, भीमा पौडेल, नारायण प्रसाद अधिकारी, विष्णुप्रसाद सुवेदी, टुका रिमाल चयन हुनुभएको हो ।
अधिवेशनको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न वनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी सहज बनाउनु पर्ने बताउनुभयो । गाउँपालिकाले स्थानीय वन ऐन बनाएको र कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सीता थापा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यहरु तारा शर्मा र हरि बाँस्तोला, स्याङजाका अध्यक्ष दोवबहादुर कार्की लगायतले बनउपभोक्ताका समस्या र राज्यका निती निर्माणका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।