काठमाण्डौं २५ असार । बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ । बङ्लादेशको रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ । कतिपय व्यक्ति भने आगलागी भएपछि भवनबाट बाहिर हाम फालेको र हाम फालेका मध्ये पनि केहीको मृत्यु भएको र केही घाइते भएको पनि प्रहरीले जनाएको छ ।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ