Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फेदिखोला गाउँपालिकाका अध्यक्ष सुवेदीको कार्यकक्षमा तालाबन्दी
    फेदिखोला गाउँपालिका

    फेदिखोला गाउँपालिकाका अध्यक्ष सुवेदीको कार्यकक्षमा तालाबन्दी

    Syangja SandeshBy Syangja SandeshDecember 7, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ मंसिर । फेदिखोला गाउँपालिकाका कार्यपालिका सदस्यले गाउपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्।


    कार्यपालिका सदस्यहरुले नै पालिकाका अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा जाने ढोकामै बुधवार दिउसो तालाबन्दी गरेका हुन। गाउँपालिकाका वडा नं. १, ३, ४ र ५ का वडाअध्यक्ष सहित जनप्रतिनिधिका समूहले बिभिन्न १२ बुदें माग सहित अध्यक्षको कक्षमा जाने ढोकामा अनिश्चितकालिन तालाबन्दी गरेको जनाएका छन्।


    गाउँपालिकका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पौडेलले स्थानीय सरकार संचालन ऐन २०७४ विपरित काम गरेको भन्दै जनप्रतिनिधिहरु आक्रोशित बन्दै तालाबन्दी गरेको जनाएका छन्।


    बिशेष गाउँसभाको माग गर्दा वेवास्ता गरेको, आफुखुशी डोजरको प्रयोग गरेको, अनुगमन समिति गठन नगरी आर्थिक अनियमितता गरेको, शिक्षा समिति गठन नगरी शिक्षक सरुवा गरेको, लेखा समिति गठन नगरि खर्च गर्ने गरेको, वडाका विकासमा चासो नदिइएको, तार, जाली, पाइप आफुखुशी बितरण गरेको र वडाबाट आएका शिफारिसलाइ वेवास्ता गरेको, करारका कर्मचारी कार्यपालिकाको निर्णय बमोजिम नगरी आफुखुशी म्याद थप गर्ने गरेको, पालिका अध्यक्षले सवारी साधन निजी काममा पनि प्रयोग गर्ने गरेको, वडाअध्यक्ष र कार्यपालिका सदस्यबीच समन्वय नगरेको, मासिक बैठक बस्नु पर्नेमा भदौदेखि अहिलेसम्म एउटा बैठक पनि नवोलाइएको जस्ता बुँदाहरु उल्लेखगरी तत्काल यि मागलाई सम्बोधन गर्न माग गरिएको वडा अध्यक्ष अमृत क्षेत्रीले जानकारी दिनुभयो ।


    सिद्धार्थ राजमार्ग छेवैमा रहेको गाउँपालिकामा ५ वडाहरु छन्। ती मध्ये १,३,४ र ५ कांग्रेस सहित गठबन्धनका १७ जना र नेकपा एमालेका १२ जना छन्। बहुमत अर्कोपक्षतिर भएको भन्दै गाउपालिकाका अध्यक्ष सुवेदीले कार्यपालिका बैठकलाई समेत वेवास्ता गर्दे आएको कार्यपालिका सदस्यहरुको गुनासो हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.