स्याङ्जा १५ असोज । कालीगण्डकी गाउँपालिका–५ जैपाते स्थित ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’ का करिब २ सय वटा कालिज मारिएको अवस्थामा भेटिएको छ ।
बिहान फार्ममा दानापानी दिन जाँदा फर्मभित्रका कालिज मरेको अवस्थामा भेटिएको सञ्चालक आशिष न्यौपानेले बताउनुभयो । उहाले भन्नुभयो, ‘केही मरेका र केही छट्पटाईरहेका अवस्थामा देखेपछि यताउता खोज्दै जादाँ झाडीभित्र चितुवाको पछाडी पट्टीको केही भाग देखियो।’
न्यौपानेले करिब डेढ वर्षदेखि कालिज पालन गर्दै आएको बताए। झण्डै ४ लाख ५० हजार मूल्य बराबरको क्षति पुगेको उहाले बताउनुभयो । मासुका लागि र अण्डा दिदै गरेका ति कालिज मारिएका हुन। कालिजको मासु र अण्डा स्वस्थ्यकर मानिन्छन्। अन्य पंक्षीको तुलनामा कालिजको मासु र अण्डा महंगो दाममा बिक्री हुन्छ।
प्रति कालिज ३ हजार रुपैया र प्रति गोटा सय रुपैंया सम्म अण्डा बिक्री हुदै आएको न्योपानेको भनाई छ।
करिब ४ रोपनी क्षेत्रफलमा संचालित फर्ममा न्यौपानले झण्डै १७ लाख लगानी गरेको जनाउनुभयो ।