स्याङजा ७ चैत । ज्यान मार्ने उद्योग मुद्धामा अदालतले सजाय फैसला गरेको एक पुरुष २५ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार स्याङ्जा जिल्ला अदालतले २०५५ सालमा ज्यान मार्ने मुद्धामा ३ बर्ष ८ महिना ४ दिन कैद तोकिई फरार रहेका बिरूवा गाउँपालिका ७ का बर्ष ४८ को दुतपसाद. गुरूङ पक्राउ परेका हुन ।
गुरुङलाई गोप्य सूचनाको आधारमा मंगलबार पक्राउ गरी बुधवार जल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाएको प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
यसैगरी, वस्तु बिक्रि करार मुद्धामा एक वर्ष अघि कैद सजायँ तोकिएका व्यक्ति पनि पक्राउ परेका छन् । वालिङ नगरपालिका ९ घर भई हाल ललितपुर उपमहानगरपालिका १५ सातदोबाटो का २८ बर्षिय रामप्रसाद पराजुली काठमाण्डौंबाट पक्राउ परेका हुन ।
पराजुलीलाई पक्राउ गरी स्याङ्जा ल्याई जिल्ला अदालतमा पेश गरिएको छ । स्याङ्जा जिल्ला अदालतले २०७९ फाल्गुन ३० गतेको फैसलाले २ बर्ष कैद तोकेपछि उनी फरार थिए ।