स्याङ्जा १३ जेठ । नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाल प्रेस युनियनको अभियान, भौतिक पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।
प्रेस युनियन स्याङ्जा शाखाले स्थापना दिवसको अवसरमा गह्रौँ प्राथामिक अस्पताल वालिङमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो । फलफुल वितरण पश्चात गरिएको शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जा शााखाका उपाध्यक्ष राधाकृष्ण डुम्रेले नेपालको लोकतन्त्र प्राप्ति होस या मुलुकमा सुशासन स्थापनाका लागी होस हरेक कार्यमा पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । साथै उपाध्यक्ष डुम्रेले पत्रकारले मुलुक संकटका परेका बेला कमलको माध्यमबाट देशलाई अगाडि बढाउन मद्दत गरेको बताउनुभयो ।
कार्यक्रममा प्रेस युनियनका निर्वतमान अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष मणिप्रसाद अर्याल लगयातले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पत्रकारहरु थप शसक्त भएर मुलुक परिर्वतनका लागी लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस युनियनका जिल्ला अध्यक्ष तोलाकान्त बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो ।