स्याङ्जा ८ पुस । पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मानद्वारा यसवष{ स्याङ्जाको मालुंगा धाङलिङका प्रा.डा जगदिश चन्द्र भण्डारी सम्मानित हुनुहुने भएको छ ।
वि.सं. २०१९ जेठ २४ गते स्याङ्जाको मालुङ्गा, धाङलिङमा जन्मनुभएका प्रा.डा भण्डारी हाल कोटेश्वर काठमाडौमा बस्दै आउनुभएको छ ।
प्रगतिवादी साहित्यकार प्रा.डा. भण्डारीका बत{मान जन्मन खोजिरहेछ (कविता सङ्ग्रह, २०३९), मेरा आँखामा तानाका कथा र जमका{हरू (समालोचना २०४०), अँध्यारोमा चल्बलाएका शब्दहरू (निबन्ध,२०४७), मुक्तिक्षेत्रको यात्रामा (कविता ,२०४८), साहित्य ःचिन्तन र विवेचन (चिन्तन र समालोचना ,२०५०), प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण (सिद्धान्त र समालोचना ,२०५५), आँखाका यी नानी (बालकविता,२०५९), पृथक सृजन ः पृथक् निरूपण ( सिद्धान्त र समालोचना २०६५) लगायतका कृतिहरु प्रकाशित छन् ।
यसैगरी, सौन्दय{को भूमिका ( सिद्धान्त र समालोचना , २०६६), सौन्दय{को अन्वीक्षण ( सौन्दय{ चिन्तन र समालोचना , २०७५), साहित्य र यथाथ{ (अनुवाद, २०५१) पनि उहाँका कृतिहरु हुन् । २०७० सालमा स्थापित ’पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले यो सम्मान तथा पुरस्कार माघ २६ र २७ गते आनन्दआश्रम, फापरथुम –स्याङ्जामा एक काय{क्रम गरी प्रदान गने{छ ।
उहाँले कृष्णमणि साहित्य पुरस्कार (२०५५), पारिजात सृजन पुरस्कार (२०६३) लगायत प्रसस्त सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँले नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको अध्यक्ष, इच्छुक सांस्कृतिक प्रतिष्ठानलगायत विभिन्न संघसंस्थाको काय{समिति सदस्य भएर महत्त्वपूण{ भूमिका निवा{ह गदै{ आउनुभएको छ ।
यो पुरस्कार तथा सम्मानद्वारा २०७१ सालमा कवि देवेन्द्र लम्साल, २०७२ सालमा व्यङ्ग्यकार गायत्री लम्साल, २०७४ सालमा विद्वान साहित्यकार डा.रमेश शुभेच्छु, २०७६ सालमा प्रख्यात समालोचक डा.गोविन्दप्रसाद शमा{ (सुकुम) र २०७८ सालमा कवि मुकुन्द शमा{ सम्मानित तथा पुरस्कृत हुनुभएको थियो ।