स्याङ्जा १८ माघ । प्रहरी सहायक निरीक्षक रिखईप्रसाद चौधरी पुस महिनाका उत्कृष्ट प्रहरीका रुपमा सम्मानित भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आइतवार आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो।
कारागार शाखा सुरक्षामा कार्यरत उनले आफ्नो मातहतका प्रहरी कर्मचारीहरुलाई चुस्त र दुरुस्त राखी कारागार भित्रको शान्ति सुरक्षाको उचित ब्यवस्थापन गरेको जनाउदै उत्कृष्ठ प्रहरीको घोषणासंगै सम्मान पाएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
कार्यालयले प्रहरीका कार्यकुशलताका आधारमा प्रत्येक महिना उत्कृष्ठ प्रहरी घोणणा गर्दे सम्मान गर्दे आएको छ। उनीहरुका कार्यकुशलतामा थप प्रोत्साहन गर्ने उदेश्यले कार्यालयले हरेक महिना उत्कृष्ठ प्रहरीको रुपमा सम्मान गर्दै आएको प्रहरी उपरीक्षक राजिबबहादुर बस्नेतले जानकारी दिनुभयो ।
कारागारको सुरक्षा प्रमुखको रुपमा कामगरी आफ्ना मातहत प्रहरी कर्मचारीहरुलाई चुस्त र दुरुस्त राखी कारागार भित्र रहेका थुनुवा, कैदी बन्दीहरु, भाग्न, उम्कन नपाउने गरी सुरक्षा ब्यवस्था मिलाई कुनै प्रकारको घटना, दुर्घटना हुन गर्न नदिई शान्ती सुरक्षा कायम राख्ने कार्यमा उल्लेख्य भुमिका निर्वाह गरेकोले उत्कृष्ठ प्रहरीको सम्मान दिइएको हो।
कदरपत्र सहितले प्रसनी चौधरीलाई सम्मान गर्दे प्रहरी प्रमुख बस्नेतले भन्नुभयोे, ‘प्रहरी संगठनको गरिमा कायम राख्न र समाजिक शान्ति सुरक्षाका निम्ति सबै प्रहरीहरुेले आ आफना जिम्मेवारी पुरा गर्र्नैपर्छ।’