स्याङ्जा ९ पुस । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आज स्याङ्जा सदरमुकाम सरसफाई गरिएको छ ।
पुतलीबजार नगरपालिका, जिल्ला प्रहरी, नेपाली सेना, उद्योग ब्यवसायी, बिद्यार्थी र स्थानीय नागरिकगरी झण्डै ३ सय जनाले सिद्धार्थ राजमार्ग लगायत केही भित्री मार्गको समेत सरसफाई गरिएको हो ।
बिभिन्न १५ वटा समूह बनाई सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।