Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 25
    Trending
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रमुख जिल्ला अधिकारी र पत्रकारबीच बिबिध बिषयमा छलफल
    पुतलीबजार नगरपालिका

    प्रमुख जिल्ला अधिकारी र पत्रकारबीच बिबिध बिषयमा छलफल

    स्याङजा जिल्ला प्रशासन र स्याङ्जामा क्रियाशिल पत्रकारबीच अन्र्तक्रिया गरिएको छ । सोही अवसर पारेर कार्यालयबाट भए गरेका काम प्रगतीका बारेमा जानकारी दिइएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १८ साउन । स्याङजा जिल्ला प्रशासन र स्याङ्जामा क्रियाशिल पत्रकारबीच अन्र्तक्रिया गरिएको छ । सोही अवसर पारेर कार्यालयबाट भए गरेका काम प्रगतीका बारेमा जानकारी दिइएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बर्षभरि भएका कामकारवाही र प्रगतीका बारेमा जानकारी गराउनुभएको थियो । उहाले २०७७ सालमा भएको मनसुनजन्य क्षतिका लाभग्राहीले क्षति वापतको रकम भुक्तान गर्न नपाएको बताउनुभयो । उहाले लाभग्राही कायम हुन बिभिन्न आवश्यक प्रमाणपत्र पुरा गर्न नसकेका कारण क्षतिपूर्तिमा कठिनाइ भएको बताउनुभयो ।

    उहाले गएको असारमा भएको विपत्तीले ठूलो धनजन क्षति पुगेको बताउनुभयो । साथै स्थानीय पालिकाको सहयोगमा प्रशासन कार्यालयले अतिक्रमित जग्गाहरु खोजी कार्य गरिरहेको जानकारी दिनुभयो । प्रशासन कार्यालयमा सहायता कक्ष, स्वास्थ्य कक्ष, हुलाक कार्यालयको दरभाउमा टिकटको ब्यवस्था समेत गरिएको जनाउदै आगामी दिनमा बैंकको काउण्टर र कारागार स्तरोन्नतीका लागि काम अघि बढेको जानकारी दिनुभयो । जिल्ला शान्ति, सुरक्षा र सुब्यवस्था सहित बजार ब्यवस्थापनका लागि सरोकारवालाबीच अन्र्तक्रिया गर्दै अघि बढेको बताउनुभयो ।

    यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले प्रशासन कार्यालयबाट नियमित भए गरेका काम कारवाहीका बारेमा जानकारी दिनुभयो । हिउदमा लागेको आगलागीका कारण स्याङुजामा ५ जनाको ज्यान गएको र बर्षामा आएको बाढीपहिरोमा परि ९ जनाको ज्यान गएको उहाले भन्नुभयो । जिल्लाभर १४ वटा पूर्णरुपमा क्षति भएको पनि जानकारी दिनुभयो ।

    प्रशासन कार्यालयले विपत्तीमा परि ज्यान गएकाका परिवारलाई र्र क्षति भएका घरलाई घरघरमै पुगेर राज्यद्धरा उपलब्ध राहत प्रदान गरिएको बताउनुभयो । जिल्लाका केही बस्ती बस्नका लागि जोखिम देखिएकाले गृहमन्त्रालयसंगको समन्वयमा भूविज्ञ प्राबिधिक टोली झिकाई स्थलगत अध्ययन अनुगमन गर्नेगरी तयारी भैरहेको उहाले जानकारी दिनुभयो । बर्षातका समयमा सिद्धार्थ राजमागर्ममा परेका खाल्डाखुल्डी मर्मतका सडक बिभागसंग सम्पर्क भएको र छिटै मर्मतको कार्य गरिने समेत उहाले भन्नुभयो ।

    सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले जिल्लाको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । अन्र्तक्रिया कार्यक्रममा जिल्लास्थित झण्डै एक दर्जन पत्रकारहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.