स्याङ्जा २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सफल नएको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी मिचिएको कुरा नउठाएको उहाको भनाइ छ।
उहाले वर्तमान सरकारको कुनै गन्तब्य नभएको आरोप लगाउनुभयो। सरकार कामभन्दा पनि हल्लाको पछाडी लागेको उकहाको भनाई छ ।
आँधीखोला र कालीगण्डकी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार एकै दिन उद्घाटन गर्दै ओलीले सरकारको काम गर्ने ल्याकत नभएको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो कार्यकालको तीन वर्षमा विकासले ठूलो फड्को मारेको दाबी गर्नुभयो ।
हेलिकोप्टर चडेर आउनु भएको ओलीले पहिला आधीखोला र त्यसपछि कालीगण्डकी पुगेर नवनिर्मित प्रशासनिक भवनको उदघाटन गर्नुभएको हो । बिभिन्न १० वटा पार्टी मिलेर बनेको सरकार हल्लाको पछाडि लागेको उनले बताए। ‘सरकारले जनताको ढाड सेकाउने काम गरेको छ। निरास नहुनुस् अब, एमालेले नै विकास र समृद्धि ल्याउने छ,’ उहाले भन्नुभयो । एमाले सधैं प्रतिपक्षमा बस्ने पार्टी नभएको बताउँदै उनले सत्ताको लागि पनि मरिहत्ते नगर्ने उहाको भनाइ छ।
आँधीखोलाले चार हजार वर्षको इतिहासलाई पालिका भवनले पहिचान गरेको छ । उहाले भन्नुभयो, आफू २०४२ सालमा स्याङ्जा जेल बस्दाको स्मरण गर्दै ओलीले स्याङ्जाले विकासमा ठूलो फड्को मारेकोमा खुसी छु ।
यहाँका गाउँगाउँमा मोटरबाटो, बिजुली बत्ति, खानेपानी पुगेको बताउँदै पूर्वाधार, स्वास्थ्य, शिक्षामा फड्को आफू प्रधानमन्त्री हुदाँ गरेको दावी गर्नुभयो । एकैदिन आफूले ३ सय ९६ योजनाको शिलान्यास गरेको योजनामा सरकारले बजेट कटौति गरेर विकास रोकेको समेत उहाले आरोप लगाउनुभयो ।
यस्तै गण्डकी प्रदेश सांसद तथा निबर्तमान गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, पालिका अध्यक्ष बिश्व पौडेल, उपाध्यक्ष देबी थापा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
आँधीखोला गाउँपालिकाको कृषिमा १२ आना क्षेत्रफलमा पाचँ करोड ६४ लाख ४२ हजार रुपियाँको लागतमा निर्माण भएको हो । २०७३ सालमा देश संघियतामा गएसगै नयाँ भवनको आवश्यकतालाई परिपुर्ती गर्न २०७६ जेठ १० गते देव एण्ड सागर क्याराभान जेभीले सम्झौता गरेर भवन निर्मण गरेको थियो । ३४ कोठा र दुई हल सहित रहेको भवन चार तलामा रहेको छ ।
त्यसैगरी शुक्रबारै अध्यक्ष ओलीले कालिगण्डकी गाउँपालिका भवनको पनि उद्घाटन गर्नुभएको छ ।
कालीगण्डकी गाउँपालिका श्याम सुन्दर निर्माण सेवाले सात करोड ७० लाखमा २२ कोठाको अपाङमैत्री भवन निर्माण गरेको हो । निर्माण सेवाले २०७७ असार ३० गते दुई बर्षमा सक्ने गरी सम्झौता गरेकोमा केहि ढिलाई गरेर निर्माण सकेको हो ।