Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रधानमन्त्री देउवाको पक्षमा १६५ र विपक्षमा ८३
    समाचार

    प्रधानमन्त्री देउवाको पक्षमा १६५ र विपक्षमा ८३

    Syangja SandeshBy Syangja SandeshJuly 18, 2021Updated:July 18, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

    प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्ने भए पनि उहाँले १६५ मत प्राप्त गर्नुभएको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकोमा विपक्षमा ८३ मत खसेका छन् । उहाँलाई कांग्रेस, माओवादी केन्द्र, जसपाको दुवै पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका छन् । एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र उहाँलाई विश्वासको मत दिएका छन् । पार्टी एकताको पहल गर्दै आएका दोस्रो तहका नेताहरु तटस्थ बसेका हुन् ।

    सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको हो । एक महिनाभित्र विश्वासको मत लिने सुविधा भए पनि उहाँले प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिनमा नै विश्वासको मत लिनुभएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् ।

    देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।

    देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
    नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

    सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.