स्याङ्जा, २८ कात्तिक । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आइतवारदेखि स्याङ्जा जिल्ला अदालत बार एशोसियनले बिरोध गरेको छ।
जिल्ला अदालत स्याङ्जा परिसरमा वारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन।
न्यायपालिकाको बिकृति, विसंगती, भ्रष्टाचार बिरुद्ध बारले आन्दोलन सुरु गरेको स्याङ्जा बारका पूर्वअध्यक्ष एवं केन्द्रीय पार्षद तुलसी गिरीले जानकारी दिनुभयो । उहाले भन्नुभयोे, ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधान न्यायधीशले तत्काल राजीनामा दिनुपर्छ।’
कर्यक्रममा केन्द्रीय एवं पूर्व अध्यक्ष युगनारायण श्रेष्ठ, पूर्व अध्यक्ष रामेश्वर रेग्मी, अध्यक्ष ख्यामनारायण लामिछाने, सचिव पारशमणी पाण्डे लगायतले प्रधान न्यायधीश बिरुद्ध न्यायलय मात्र नभई सिंगो मुलुक आन्दोलनमा उत्रेको जनाउदै तत्काल राजीनामा दिन आग्रह गर्नुभयो ।
स्याङ्जा बारले आइतवार बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना, १२ बजेदेखि १ बजेसम्म बेन्च बहिस्कार गरेको छ। प््राधानन्यायधीशले निकास नदिएमा भोली (सोमबार) र पर्सी (मंगलबार) पनि चरणबद्ध बिरोधका कार्यक्रम संचालन गरिने स्याङ्जा बारले जनाएको छ।
बारको बिरोध कार्यक्रमले अदालतमा आउने सेवाग्राही प्रभावित भएका थिए।
Sunday, June 8
Trending
- इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
- भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
- सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
- चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै