स्याङ्जा २२ असोज । पुतलीबजार नगरपालिका ११ सुम्रेखोलामा एनपी ग्याभिन उद्योग संचालनमा आएको छ । निर्मलकुमार अर्याल र पृग्वीराज अर्यालको संयुक्त लगानीमा ग्याभिन उद्योग संचालनमा ल्याइएको हो ।
उद्योगको औपचारिक उदघाटन गर्दे वडा अध्यक्ष भवानीप्रसाद लामिछानेले नगरपालिकामा स्थापित नमूना उद्योगको सम्र्बद्धन र प्रवद्र्धनका लागि आफुले आवश्यकता अनुरुपको सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो । उहाले कोरोनाका कारण आर्थिक मन्दीका बेला २ युवाहरुको सक्रियताबाट संचालनमा ल्याएको उद्योगलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शमा केन्द्रीय सदस्य नन्दकुमारी लम्साल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत खगेन्द्र भण्डारी, पर्यटन ब्यवासायी कृष्णजंग केसी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । उद्योग संचालक निर्मलकुमार अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का संचालक पृथ्वीराज अर्यालले स्वागत एवं रेडियो स्याङ्जाका कार्यक्रम प्रस्तोता राधाकृष्ण शर्माले संचालन गर्नुभएको थियो ।
उद्योगले अत्याधुनिक मेशिनवाट ग्याभिन भर्ने तार जाली , काँटी लगायतको उत्पादन गर्ने गर्दछ । करिब १५ रोपनी क्षेत्रफलमा रहेको उद्योगमा ३ करोडको लगानी रहेको छ ।
