Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखियाे
    समाचार

    प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखियाे

    Syangja SandeshBy Syangja SandeshJune 6, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डाै २३ जेठ / प्रतिनिधि सभा विघटनका मुद्दामाथिकाे सुनुवाई हेर्दाहेर्दैमा राखिएकाे छ । याे मुद्दाकाे सुनुवाइ भाेलि फेरि सुने हुनेछ ।  प्रतिनिधि सभा विघटनका मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा गठन भएको संवैधानिक इजलासको विषयलाई लिएर आज दिनभर किचलो भएको थियाे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यसअघिको इजलासका दुई जना न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई हटाएर वरिष्ठ न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको नयाँ इजलास गठन गर्नुभएको थियो ।

    तर महान्यायाधीवक्ता रमेश बडाल र सरकार पक्षका अन्य वकिलले इजलास गठनको विषयलाई लिएर दिनभर असन्तुष्टि जनाएका थिए । उनीहरूले दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई इजलासबाट हटाउन माग गर्दै निवेदन पेस गरेका छन् । तर प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर  जबराले सरकार पक्षका वकिललाई संवैधानिक इजलाससम्बन्धी निवेदन फिर्ता लिन चेतावनी दिँदै अदालतको अवहेलनामा मुद्दा चलाउने बताउनुभएको थियो । सरकार पक्षका वकिलले पटक–पटक कार्की र भट्टराईसहित ११ जना न्यायाधीशलाई संवैधानिक इजलासमा राख्न नहुने दाबी गरेपछि प्रधानन्यायाधीशले न्यायालयको गरिमाको ख्याल गरिदिन आग्रह गर्नुभएको थियो ।

    आज आफ्नो राय राख्नुभएका प्रतिनिधि सभा विघटनविरुद्ध निवेदकको तर्फका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारले न्यायालयलाई नै विघटन गर्ने मनसायका साथ आक्रमण गरिरहेको भन्दै चिन्ता जनाउनुभएको छ । उहाँले कार्यपालिकाबाट न्यायालयमाथि भएको यो प्रहार पञ्चायत र निरङ्कुश शासनमा भन्दा पनि धेरै भएको भन्दै अदालतले  टुलुटुलु हेरेर बस्न नमिल्ने बताउनुभयो । उहाँले अहिलेको सरकारले सर्वोच्चको प्रणाली नै तहसनहस पार्ने भन्दै यस्तो बेलामा न्यायालय झुक्न नहुने बताउनभयो ।

    यस्तै अर्का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सरकारले नै न्यायालयको हुर्मत लिने काम तानाशाही शासन भएका देशमा पनि नरहेको भन्दै सरकारी वकिलको व्यवहारले संविधान र स्वतन्त्र न्यायालयकै गरिमा भत्काएको टिप्पणी गर्नुभएको छ । 

    यसअघि नेकपाको एकता बदर गर्ने न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहेको भन्दै वरिष्ठ अधिवक्ताले नै विरोध गरेपछि यो सुनुवाइ गएको १८ गतेदेखि रोकिएको थियो । दुई जना न्यायाधीशको उपस्थितलाई लिएर वरिष्ठ न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू संवैधानिक इजलासमै नबस्ने जानकारी गराएपछि यो विषय झनै तातेकाे थियो ।

    प्रतिनिधि सभा विघटनको पक्ष, विपक्ष र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एक सय ४६ जना सांसदको हस्ताक्षरसहितका ३० वटा मुद्दा रहेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.