Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथ ग्रहण
    राजनीति

    प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथ ग्रहण

    Syangja SandeshBy Syangja SandeshDecember 22, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं ७ पुस । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूल बिहीवार (आज) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो । केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् । शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ । शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए । थरीथरीका पोसाक र भेषभुषामा सांसदहरूको उपस्थितिले संसद् भवन नयाँ बानेश्वको दृष्य निकै रमाइलो देखिएको थियो । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सासंदलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाउनुभएको हो । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी दुई सय ७५ जना सांसद छन् । शपथ समारोह अगाडि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत, बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।
    सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था संविधानमा छ। संसदमा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो।
    ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हो भने नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन्।

    विभिन्न १४ भाषामा २५ जना सांसदले शपथ लिएका थिए। अरूले नेपाली भाषामा शपथ लिएका छन्।

    यसैगरी, प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिनुअघि सर्वदलीय बैठक सुरु भएको थियो । सङ्घीय संसद्को शंकर हलमा बैठक सुरु भएको हो । शपथ ग्रहण समारोहलाई व्यवस्थित बनाउन भन्दै ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सर्वदलीय बैठक बोलाउनु भएको हो । शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल हिजोदेखि नै सुरु भएको छ । ज्येष्ठ सदस्य जबराले अस्ति राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् शपथ लिनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.