Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रगतीनगर — बहाकोट— नाम्चे— काल्खु मोटरबाटो पक्की बन्ने
    पुतलीबजार नगरपालिका

    प्रगतीनगर — बहाकोट— नाम्चे— काल्खु मोटरबाटो पक्की बन्ने

    Syangja SandeshBy Syangja SandeshMarch 17, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ चैत । पुतलीबजार नगरपालिका अन्र्तगत रहेको प्रगतीनगर — बहाकोट— नाम्चे— काल्खु कच्ची मोटरबाटो अब पक्की बन्ने भएको छ ।

    विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोगमा हालको कच्ची सडक पक्की एवं फराकिलो बनाईनेगरी प्रक्रिया अघि बढेको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

    प्रमुख रेग्मीका अनुसार, ‘डिपीआर लगायत योजना छनौट गर्दै लम्बिएको सो योजना अब बढ्ने निश्चित भएको छ। बाटो निर्माणपछि पुतलीबजार र तनहुँको दुलेगौडासंग जोडिने छ। यसबाट पुतलीबजार नगरपालिकाका वडा नं. ३, ८, ९ का स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सयौं ब्यक्तिले सो बाटोको उपयोग गर्न पाउनेछन ।’

    प्रगतीनगर शिक्षा चोकदेखि काँफलडाँडा — भन्ज्याङ— बहाकोट— नाम्चे— काल्खुसम्म ७ दशमलब ६ किलोमीटर लम्बाईमा पक्की सडक सहित नाली र टेवा पर्खाल रहने इन्जिनियर विमलरंजन कार्कीले जानकारी दिए। दुई लेनको सडकको चौडा ७ मिटरको हुने उहाले जानकारी दिनुभयो ।

    विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको १५ महिनाभित्र सक्नुपर्ने हुन्छ। नगरपालिकाले सडक निर्माणका लागि टेण्डर समेत खुलाई ठेक्काको प्रक्रियामा रहेको प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताउनुभयो ।

    नेपाल शहरी शासकिय तथा पूर्वाधार कार्यक्रम अन्र्तगत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोगमा पक्की सडक बनाईने भएको हो ।

    ग्रामिण कच्ची सडक पानी पर्दा हिलाम्यै र घाम लाग्दा धुलाम्यै पीडा सहदै आएका यहाँका स्थानीयबासी सडक पक्की बन्ने खबर पाएपछि खुशी भएका छन ।

    पुतलीबजार नगरपालिका, विश्व बैंकका प्रतिनिधि सहित सरोकारवालाको समूहले पनि यसअघि स्थलगत निरिक्षणगरी स्थानीयबासीसंग छलफल गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.