स्याङ्जा २२ पुस । पुतलीबजार नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा आमा मिलन केन्द्र स्याङ्जाको आयोजनामा महिलाका लागि सीममूलक तालिम दिइएको छ ।वडाको सीप विकास कार्यक्रम अन्र्तगत पोतेको माला, औठी र टप बनाउने तालिम गरिएको हो ।
तालिमको उदघाटन गर्दै वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठले महिलालाई सीप सिकेर ब्यवसायी बनाउने उदेश्यले वडाले यस्ता तालिमका लागि सहयोग गरेको बताउनुभयो । सहभागीले तालिमको सीकेका सीपलाई सही सदुपयोग गर्दे उद्यमी बन्न समेत सुझाव दिदै आगामी बर्षहरुमा पनि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नगरकार्यपालिका सदस्य अनिता रुचाल, प्रशिक्षक सुमन थापा लगायतले तालिमका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देवी अधिकारीले गर्नुभएको थियो ।

