स्याङ्जा २७ पुस । मानसिक असन्तुलित युवती सोममाया रानालाई पोखरा स्थित परोपकारी संस्था कोपिला नेपालले आश्रय सहित उपचारको जिम्मा लिएको छ ।
आर्थिक अभावका कारण उपचार नपाएकी सोममायालाई विरुवा गाउँपालिका नेपाली कांग्रेस सभापति डोलराज पोखरेलले आफैं संरक्षक बसी गैरसरकारी संस्था कोपिला नेपाललाई जिम्मा लगाएको बताउनुभयो ।
समाजसेवी पोखरेलले भन्नुभयो, ‘बहिनीलाई तत्काल मनोपरामर्शको आवश्यकता छ े मनोपरामर्श सहित केही उपचार गरेमा सञ्चो हुनेमा म विश्वस्त छु । यसका लागि मैले आवश्यक सहयोग एवं अभिभावक भई जिम्मेवारी बहन गर्नेछु।’ सोममाया सञ्चो लागेपछि उहनलाई केही ब्यवसायिक तालिम सिकाएर आत्मनिर्भर बनाउने सम्मका योजना यूवा नेता एवं समाजसेवी पोखरेललेसुनाउनुभयो ।
महिला तथा बालबालिकाको हक, हित लगायत सामाजिक क्षेत्रमा क्रियाशिल कोपिला नेपालका निर्देशक बीना शिलवालले मनोपरामर्श सहित सक्दो उपचार गर्ने बताउनुभयो ।
भर्खर २३ बर्षे लागेकी सोममाया राना बिगत ३ बर्षदेखि मानसिक रुपमा सन्तुलित छैंन। चारबर्ष अघि आफुैले रोजेको केटासंगै बिहे गरेका उहाहरुका एक छोरी छन्। त्यसपछि राना बिरामी हुन थालेको र गाउँघरमा उपचार गराउदा समेत सञ्चो नलागेको बहिनी माया रानाले जानकारी दिनुभयो । बृद्ध ८० बर्षे बाबा र अपांग आमा र करिब २ बर्षेछोरी संगै माइतीघरमा बस्ने गर्नुहुन्थ्यो सोममाया।
आफनै सुरु तथा एक सुरमा हिड्ने बस्ने गर्ने गरेको बहिनीको भनाई छ। उहामा मानसिक समस्या थियो। उहा जेठी छोरी । पारिवारिक अवस्था निकै दयनिय र कहाली लाग्दो छ। बहिनी माया राना पनि आफन्तको घरमा बस्दै आएकी छिमेकी दाजु नाता पर्ने मोहन थापाले जानकारी दिनुभयो ।
मानसिक सन्तुलन गुमेकै कारण दक्षिण पश्चिम विरुवाका सोममाया चार दिनअघि (मंगलबार) प्रहरीले उत्तरतर्फको आँधीखोला गाउँपालिकाको पनि उत्तरी भेग सेपतमा भेटिएको सूचना सार्वजनिक गरेको थियो। त्यसपछि उहालाई चिनेजानेकाले खोज्दै प्रहरीको पुगेका थिए भने समाजसेवी डोलराज पोखरेलले आफु र वहिनी माया रानालाई संरक्षक एवं अभिभावकत्वको जिम्मेवारी लिई कोपिला नेपालको जिम्मा लगाउनुभएको छ ।