पोखरा २६ असोज । सोह्र श्राद्ध सकिएसँगै पोखरामा दसैंको लागि हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा भित्रिएका छन ्। दसैंमा भित्रिने भेडा च्याङ्ग्रा किन्न पोखराको हेमजा, यमदी, टुडीखेलमा ठूलो मेला लाग्ने गर्दछ ।
बिशेषत फूलपातीका दिन यहाँ बृहत मेला झैं हुन्छ । यतिबेला पोखरामा दसैंका लागि मात्रै ८२ सय भेडा च्याङ्ग्रा भित्रिएको पोखरा महानगरपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । ७ हजार च्याङ्ग्रा र १२ सय भेडा आइतबारसम्म पोखरामा भित्रिएका हुन । गत वर्ष दसैंभरि २५ हजार भेडा च्याङ्ग्रा भित्रिएको बताइएको छ ।
मुस्ताङ, दार्चुला, डोल्पा, बजाङ लगायतका हिमाली क्षेत्रबाट पोखरामा भेडा च्याङ्ग्रा भित्रिएको अधिकारीले जानकारी दिनुभयो । खशी बोका भने अहिलेसम्म दसैंका लागि ६५ सय भित्रिएको र भित्रिने क्रम जारी रहेको उहाले बताउनुभयो ।
यस वर्ष भेडा च्याङ्ग्रा किनेर खानै नसक्ने गरी महँगो भएको उपभोक्ता बताउँछन् । गत वर्ष प्रति च्याङ्ग्रा रोजेर ३१ हजार रुपौयाँसम्म पाइएकोमा यस वर्ष मूल्य बढेर रोजेर किन्दा ४५ हजार रुपौयाँ पुगेको पोखराका मासु उपभोक्ताहरुका भनाई छन ।