स्याङ्जा २५ चैत । वालिङमा पृथक पाइला नामक कृति लोर्कापण गरिएको छ ।
वैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान अन्र्तगत स्याङ्जा र प्रज्ञा प्रतिष्ठान वालिङको संयुक्त आयोजनामा कृति लोर्कापण गरिएको हो । युवाकवि युवराज सुवेदीको पृथक पाईला मुक्तक संग्रह र शान्तिदुतको अग्रपथ कविता संग्रहको लोर्कापण गरिएको हो ।
देशभक्तिपुर्ण भावनाले ओतप्रोत, प्रकृतिप्रेम, सकरात्मक सन्देश तथा लेखकले आफ्ना जिवनको अनुभव र अनुभूति संग्रहमा समावेश गर्नुभएको छ । कृतिको लोर्कापण पोखराका साहित्यिक पत्रकार, कवि तथा गजलकार वियोगी बुढाथोकीले गर्नुभएको हो । कृति लोर्कापण गर्दै वरिष्ठ साहित्यकार बुढाथोकीले वालिङ भाष र साहित्यको लागी उर्वर भुमि रहेको भन्दै पछिल्लो समय युवाहरु जागरुकताका साथ साहित्यमा लागिपरेको बताउनुभयो ।
गण्डकी प्रदेश सांसद सरस्वती तिवारीले साहित्य समाजको ऐना भएकाले समाजलाई सुसंस्कृत बनाउनका लागी साहित्यीक कलमहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । वालिङ नगरपालिकाका निर्वतमान प्रमुख दिलिपप्रताप खांण, सिक्किमबाट आउनुभएका कवि जिविका खतिवडा अश्रु, काठमाडौबाट आउनुभएका कवि लक्ष्मण वियोगी र तुल्सीराम पुडासैनि, पोखराबाट आउनुभएका कवि लक्ष्मण थापा लगायत अन्य साहित्यकारले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्मारिका अर्याल, सिजन अर्याल,गीता पाठक, मनिषा कोइराला, बावुराम रेग्मी, रामचन्द्र भट्टराई, कमलप्रसाद बगाले, आस्था पराजुली, ध्रुवप्रसाद शर्मा पंगेनीले आ—आफ्ना रचना वाचन गर्नुभएको थियो ।
पृथक पाईला मुक्तकको साहित्यकार वसन्त खनाल र शान्तिदुतको अग्रपथ कविताको साहित्यकार सम्भु अर्यालले टिप्पणी गर्नुभएको थियोे । कार्यक्रम वरिष्ठ साहित्यकार देवीप्रसाद वनबासीको अध्यक्षतामा सम्पन्न भएको थियो भने मिलन समिरले संचालन गर्नुभएको थियो ।