स्याङ्जा, १२ माघ । पूर्व जिल्ला विकास समितिका सभापति रामबन्धु रेग्मीको ७८ बर्षको उमेरमा काठमाण्डौंमा बुधवार बिहान निधन भएको छ । निमोनिया भएपछि करिब एक महिनाअघि थप उपचारका लागि उहालाई काठमाण्डौं लगिएको थियो । उपचारकै क्रममै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पशुपतिआर्य घाटमा बुधवार अन्त्यष्टि गरिएको छ । उहाँका पत्नी ६ छोरा २ छोरी हुनुहुन्छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाका पुर्व जिल्ला अध्यक्ष पनि हो ।पुतलीबजार नगरपालिका १ निवासी रेग्मी समाजसेवी एवं लोकप्रिय नेतामा गनिनुहुन्छ।
Sunday, June 8
Trending
- इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
- भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
- सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
- चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै